जेठ २, २०८३ शनिबार May 16, 2026

इजरायल-लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमती : अमेरिकी विदेश विभाग

लेवनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च –२ देखि इजरायलले गरेको आक्रमणमा दुई हजार ९५१ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन, २जेठ : लेबनानमा जारी इजरायली आक्रमणको बीचमा इजरायल र लेबनानले आगामी ४५ दिनका लागि युद्धविराम विस्तार गर्न सहमत भएको अमेरिकी विदेश विभागले जानकारी दिएको छ ।

अमेरिकी विदेश विभागका प्रवक्ता टोमी पिगटले वासिङ्टनमा सम्पन्न भएको शान्ति वार्ता फलदायी भएको बताउदै आगामी जुन २ – ३ मा राजनीतिक वार्ता जारी रहने कुरामा जोड दिनु भएको छ । यसै बीच, मे –२९ मा पेन्टागनमा “सुरक्षा ट्र्याक“ सुरु हुने र यसमा इजरायल र लेबनानका दुवै अधिकारीहरू उपस्थित हुने जनाइएको छ ।

छलफलले दुई देशबीच स्थायी शान्तिलाई अगाडि बढाउने, एक अर्काको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई पूर्ण मान्यता दिने र उनीहरूको साझा सीमामा वास्तविक सुरक्षा स्थापना गर्ने पिगटलाई उदृत गर्दै अल जजिराले जनाएको छ ।

इजरायलले शुक्रबार दक्षिण लेबनानमा गरेको आक्रमणमा सात जनाको मृत्यु भए पछि युद्व विराम प्रयास गरिएको लेबनानको सरकारी मिडियालाई उद्धृत गर्दै अल जजिराले रिपोर्ट गरेको छ ।

लेवनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च –२ देखि इजरायलले गरेको आक्रमणमा दुई हजार ९५१ जनाको मृत्यु भएको छ ।

यद्यपि जारी शान्ति वार्ताको बिचमा, हेजबुल्लाहले बुधबार दक्षिणी लेबनानमा इजरायली सैन्य केन्द्र सवारी साधनहरूलाई लक्षित गरी १७ वटा अपरेसन गरेको इरानी मिडियाले जनाएको छ ।

अपरेसनहरूमा आठ वटा ड्रोन आक्रमण, पाँचवटा क्षेप्यास्त्र वा रकेट आक्रमण, एउटा तोपखाना आक्रमण र एउटा निर्देशित क्षेप्यास्त्र प्रक्षेपण समावेश रहेको मिडियाले जनाएको छ ।

यसैबीच इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले आफ्नो आधिकारिक टेलिग्राम च्यानल मार्फत केही समय अघि दक्षिणी लेबनानमा आईडीएफ सैनिकहरू क्षेत्रमा पहिचान गरिएको हवाई लक्ष्य तर्फ इन्टरसेप्टर प्रक्षेपण गरिएको जनाएको छ ।रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निलम्बन फुकुवापछि नेपाल समूह ए मा रहेर साफ च्याम्पियनसिप खेल्ने पक्का
२०८३ जेठ २, शनिबार
लोकतान्त्रिक व्यवस्थामा व्यक्ति भन्दा संस्था ठुलो हुन्छ : प्रवक्ता चालिसे
२०८३ जेठ २, शनिबार
पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकी योजना रद्द
२०८३ जेठ २, शनिबार
त्रिवि प्रशासन पुनर्गठनः शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त
२०८३ जेठ २, शनिबार
लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ
२०८३ जेठ २, शनिबार
वडा सचिवलाई धम्की दिने व्यक्ति काठमाडौं प्रहरीको फन्दामा
२०८३ जेठ २, शनिबार
इजरायल-लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमती : अमेरिकी विदेश विभाग
२०८३ जेठ २, शनिबार