जेठ २, २०८३ शनिबार May 16, 2026

ट्रम्पपछि चीन भ्रमणमा जादै पुटिन

दुवै नेताले महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा पनि विचार आदानप्रदान गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: रुसका राष्ट्रपति भ्लादिमिर पुटिन मे १९ र २० मा चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा पुटिन चीन जान लागेका हुन् ।

रुसले पुटिनको यो भ्रमण दुई देशबीच भएको ‘सद्भाव, मित्रता र आपसी सहयोगसम्बन्धी सम्झौता’ मा हस्ताक्षर भएको २५औँ वार्षिकोत्सवको अवसरमा हुन लागेको जनाएको छ ।

यो भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमणपछि हुन लागेको हो ।

रिपोर्टका अनुसार क्रेमलिनले जारी गरेको वक्तव्यमा पुटिनले आफ्नो चिनियाँ समकक्षी सी जिनपिङसँग रुस–चीनबीचको ‘व्यापक साझेदारी र रणनीतिक सहयोग’ का विषयमा छलफल गर्ने उल्लेख गरिएको छ ।

क्रेमलिनका अनुसार दुवै नेताले महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा पनि विचार आदानप्रदान गर्नेछन् । छलफलपछि संयुक्त वक्तव्यमा हस्ताक्षर गर्ने तयारी रहेको जनाइएको छ । पश्चिमी देशहरूले रुसको तेल तथा ग्यासमाथि प्रतिबन्ध लगाएपछि चीन रुसको सबैभन्दा महत्वपूर्ण आर्थिक साझेदार बनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया