जेठ ६, २०८३ बुधबार May 20, 2026

प्रतिनिधिसभा बैठक : सांसदलाई मर्यादित हुन सभामुखको आग्रह

श्रम संस्कृति पार्टीका सदस्यहरूले उठेर संसद्प्रति सरकार जवाफदेही हुनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ५ जेठ : प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा अहिले शून्य समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउन थाल्नुभएको छ ।

बैठकको आरम्भमै श्रम संस्कृति पार्टीका सदस्यहरूले उठेर संसद्प्रति सरकार जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो । तत्पश्चात् सभामुख डोलप्रसाद अर्यालले सभामा मर्यादित भई प्रस्तुत हुन आग्रह गर्दै प्रतिनिधिसभा नियमावली २०७९ को दफा ३० बमोजिम ध्यानाकर्षण गराउँदै यस्ता अभद्र व्यवहार नगर्न चेतावनी दिनुभयो ।

सो पार्टीका अध्यक्ष हर्कराज राईले जनताको प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीहरू नआउनु र आफूहरूले राख्ने जनताका कुरा नसुन्ने स्थिति हुन नहुने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया