श्रावण २८, २०८३ बिहिबार August 13, 2026

पौवादुङमामा तीन सय किसानलाई हातेट्याक्टर

विगत वर्षदेखि नै कृषि क्षेत्रमा विभिन्न अनुदान तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भोजपुर, १४ जेठः पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवर्द्धन गर्ने लक्ष्यसहित तीन सयभन्दा बढी किसानलाई हाते ट्याक्टर (मिनीटिलर) वितरण कार्यक्रम सुरु गरेको छ । किसानको माग र आवश्यकता मूल्याङ्कनका आधारमा पहिलो चरणमा १७० हातेट्याक्टर वितरण गरिएको हो ।

बाँकी किसानलाई क्रमशः वितरण गरिने छ । गाउँपालिकाले कुल ३४० किसानलाई ५० प्रतिशत लागत साझेदारीमा हातेट्याक्टर उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । परम्परागत खेती प्रणालीलाई आधुनिकीकरणतर्फ रूपान्तरण गर्न यो कार्यक्रम प्रभावकारी बन्ने उहाँले बताउनुभयो ।

“किसानलाई प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्दै उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो, “यसले किसानलाई व्यावसायिक खेती प्रणालीमा लाग्न प्रोत्साहन गर्छ भन्ने हाम्रो अपेक्षा हो ।”

गाउँपालिका अध्यक्ष किरण राईले कृषिलाई स्थानीय अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो । विगत वर्षदेखि नै कृषि क्षेत्रमा विभिन्न अनुदान तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै  आएको उहाँको भनाइ छ । किसानमा व्यावसायिक सोचको विकास गराउन गाउँपालिकाले कृषिमा जोड दिएको छ । “हामीले किसानको वास्तविक मागका आधारमा कार्यक्रम ल्याएका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “यान्त्रिकीकरणमार्फत खेतीलाई सहज, छिटो र उत्पादनमुखी बनाउने लक्ष्य राखेका छौँ ।”

किसानलाई आत्मनिर्भर बनाउनुका साथै स्थानीयस्तरमै रोजगारी सृजना गर्ने उद्देश्यले कृषि क्षेत्रमा लगानी विस्तार गरिएको उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । उहाँले वितरण गरिएका सामग्रीको प्रभावकारी उपयोग सुनिश्चित गर्न नियमित अनुगमन र प्राविधिक सहायतामा जोड दिइने जानकारी दिनुभयो । “सामग्री वितरणमात्रै होइन, त्यसको सही प्रयोग र दिगो प्रभाव सुनिश्चित गर्नु पनि हाम्रो दायित्व हो”, उहाँले भन्नुभयो ।

स्थानीय किसानले कार्यक्रमबाट सकारात्मक प्रभाव परेको बताएका छन् । किसान प्रेमबहादुर कार्कीले हातेट्याक्टर प्रयोगले खेतबारी जोत्न, गोडमेल गर्न र अन्य कृषिकार्यमा लाग्ने समय तथा श्रम घटाउने बताउनुभयो । “कयौँ दिन लाग्ने काम अहिले केही घण्टामै सकिन्छ”, उहाँले भन्नुभयो, “यसले खेती गर्न उत्साह थपेको छ । उत्पादन बढाउने आशा पनि जगाएको छ ।”

गाउँपालिकाले कृषिमा आधुनिक प्रविधि भित्र्याउँदै, उत्पादन लागत घटाउने तथा उत्पादकत्व बढाउने दीर्घकालीन लक्ष्यसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिएको छ । कृषि उद्यमशीलता विकास गर्दै युवालाई कृषिमा आकर्षित गर्ने योजनाअनुसार गाउँपालिकाले किसानलक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । स्थानीय उत्पादनलाई बजारसँग जोड्नका लागि गाउँपालिकाले यसअघि कृषि एम्बुलेन्ससमेत खरिद गरेको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २८, बिहिबार
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा
२०८३ श्रावण २८, बिहिबार
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
२०८३ श्रावण २८, बिहिबार
इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
२०८३ श्रावण २८, बिहिबार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
२०८३ श्रावण २८, बिहिबार
हर्मुज नखुलेको इरानको दाबी
२०८३ श्रावण २८, बिहिबार