असोज २४, २०८३ शनिबार October 10, 2026

गड्यौलाको मल उत्पादन गरी आत्मनिर्भर बन्दै सिंह

पछिल्लो समय गाउँमा कृषि र उत्पादनमूलक क्षेत्रमा जोडिएर जीविकोपार्जनका विकल्प खोजि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

महेन्द्रनगर (कञ्चनपुर), १५ जेठः जिल्लाको भीमदत्त नगरपालिका-१९ बागफाँटाका ३९ वर्षीय महेशबहादुर सिंह व्यावसायिक गड्यौलाको मल उत्पादन गरी आत्मनिर्भर बन्नुभएको छ । पाँच वर्षअघिसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राजनीतिमा सक्रिय रहनुभएका उहाँको परिचय पछिल्लो समय फेरिएको छ । छोटो समयमा उहाँ जैविक मल उत्पादन गर्ने किसानमा अग्रस्थानमा हुनुहुन्छ ।

राजनीतिप्रतिको वितृष्णा र राजनीतिभित्रको गुटबन्दीप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिबाट टाढिएको बताउँदै सिंहले पछिल्लो समय गाउँमा कृषि र उत्पादनमूलक क्षेत्रमा जोडिएर जीविकोपार्जनका विकल्प खोजिएको उल्लेख गर्नुभयो । डेढ वर्षअघिदेखि बागफाँटामा जमिन भाडामा लिएर गड्यौलाको मल उत्पादनमा जुट्नुभएका उहाँले अहिले किसानका मागअनुसार मल पु¥याउन नसकिरहेको बताउनुभयो ।

“धनगढी, डडेल्धुरा र स्थानीयस्तरमा गड्यौलाबाट बनेको मलको माग धेरै छ”, सिंहले भन्नुभयो, “गड्यौलाको मलको प्रयोग खेतीबारीको उर्वरशक्ति बढ्नुका साथै त्यसबाट उत्पादन हुने खाद्यान्न प्रयोग स्वास्थ्यका लागि पनि फाइदाजनक मानिएको छ ।” उहाँका अनुसार रु १५ लाख लगानी गरेर मल उत्पादनमा लाग्न सकिन्छ भने युवाका लागि मल उत्पादन रोजगारीको क्षेत्र बन्न सक्छ ।

“अहिले टनको हिसाबले मल उत्पादन गरेर किसानको माग पूरा गरिरहेको छु”, सिंहले भन्नुभयो, “विस्तार बढाउँदै मेट्रिकटनसम्म उत्पादन गर्ने लक्ष्य छ ।” प्रतिकिलो रु २५ देखि ३० मा मल बिक्री भइरहेको जनाउँदै उहाँले केराखेती किसान, नर्सरी, कौसी तरकारी उत्पादन, फलफूल उत्पादन किसान मलका लागि धेरै आउने गरेका बताउनुभयो ।

“गड्यौलाको मल प्रयोगले उत्पादन बढाउनुका साथै विषादीरहित उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “यसपाली मात्रै १०० क्विन्टल बिक्री भइसक्यो ।” उत्पादिन मल किसानको खेतसम्ममै पु¥याउँदै आएको उहाँले जानकारी दिनुभयो ।

रसायनमुक्त समाज निर्माण र गौशाला व्यवस्थापनमा जोड दिँदै आउनुभएका सिंहले बजार क्षेत्रबाट २५–३० वटा छाडा पशु लगेर गौशालासमेत सञ्चालन गरिरहनुभएको छ । “छाडा चौपायाबाट मल उत्पादन हुन्छ, उक्त मललाई पनि उचित व्यवस्थापन गर्दै आएको छु”, सिंहले भन्नुभयो, “गौशाला सञ्चालन समाजमा केही सुधारका काम आफैँबाट गरौँ भने लागेर यो प्रयास थालेको हो ।”

आठ कट्ठा जमिन भाडामा लिएर वार्षिक रु ३० हजार तिर्ने गरेको सिंहले जानकारी दिनुभयो । “गहुँतबाट अघ्र्य र गोबरबाट दाउरा, धूप, दियो उत्पादन गर्ने लक्ष्य पनि छ”, उहाँले भन्नुभयो, “गड्यौलाको मलले माटोको उपचारसँगै उर्वराशक्ति बढाउछ ।” धान जोन कार्यक्रमअन्तर्गत गड्यौला मल उत्पादन तालिम लिनुभएका सिंहले कृषिमा लाग्ने युवालाई सरकारले अनुदानसहित आवश्यक प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

कञ्चनपुरमा केही स्थानमा मात्रै गड्यौला मल उत्पादन हुने गरेको छ । रासायनिक मलभन्दा जैविक मल प्रयोगमा जोड दिनुपर्ने बताउँदै उहाँले रासायनिक मलले माटोको उर्वराशक्तिमा ह्रास ल्याउने र उत्पादन घट्दै जाने दाबी गर्नुभयो ।

कञ्चनपुरमा सुरुआती चरणमा रहेको गड्यौला मल उत्पादनलाई विस्तार गर्दै लैजानुपर्नेमा सिंहको जोड छ । “यस प्रकारका उत्पादन र व्यवसायमा लाग्नेप्रति लक्षित कार्यक्रम स्थानीय तहले पनि ल्याउन आवश्यक छ”, उहाँले भन्नुभयो, “कृषि प्रदान मुलुकमा किसान जहिल्यै पीडित हुनु हुँदैन । किसानलाई राहत, अनुदानलगायत कार्यक्रममार्फत सहज र प्रााविधिक कृषिमा प्ररित गर्नु जरुरी छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Traffic resumes on BP Highway
२०८३ असोज २४, शनिबार
सभापति गगन थापाको प्रतिबद्धता : कांग्रेस छाडेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्काउँछौँ
२०८३ असोज २४, शनिबार
पार्टी सङ्गठन सुदृढीकरण र जनपरिचालन गर्दै एमाले
२०८३ असोज २४, शनिबार
पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय
२०८३ असोज २४, शनिबार
अन्तर्राष्ट्रिय न्यायको संरक्षणमा जोड, अमेरिकी प्रतिबन्धप्रति संयुक्त राष्ट्रसङ्घको चासो
२०८३ असोज २४, शनिबार
शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड
२०८३ असोज २४, शनिबार
परराष्ट्रमन्त्री स्वदेश फिर्ता, जलवायु मुद्दा अन्तर्राष्ट्रियकरणमा उपलब्धि
२०८३ असोज २४, शनिबार