श्रावण २८, २०८३ बिहिबार August 13, 2026

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान ठोरीबाट पक्राउ

पक्राउपछि मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुनसन्धान हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। जिल्ला अदालत पर्साले जेठ १२ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा उनलाई पर्साको ठोरी क्षेत्रबाट मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकका अनुसार मेयर सिंहलाई अदालतको आदेशअनुसार पक्राउ गरिएको हो। उनीविरुद्ध स्थानीय बासिन्दा लियाकत अलीले दिएको जाहेरीका आधारमा कानुनी प्रक्रिया अघि बढाइएको थियो। सोही प्रकरणमा अदालतले मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाएको छ।

प्रहरीले पक्राउपछि मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेको छ। उनीसँग सम्बन्धित आरोपबारे थप अनुसन्धान र सोधपुछ भइरहेको प्रहरी स्रोतले जनाएको छ। हालसम्म प्रहरीले उनीविरुद्ध लगाइएको आरोपको विस्तृत विवरण सार्वजनिक गरेको छैन।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय तथा राजनीतिक नेतृत्व सम्हालिरहेका मेयर सिंह पक्राउ परेपछि पर्साको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। प्रहरीले भने अनुसन्धान प्रभावित नहोस् भनेर आवश्यक विवरण संकलन गरिरहेको र कानुनी प्रक्रिया अनुसार अगाडि बढ्ने जनाएको छ। अदालतले जारी गरेको पक्राउ पुर्जीको आधार र मुद्दाको प्रकृतिबारे थप जानकारी आउन बाँकी छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २८, बिहिबार
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा
२०८३ श्रावण २८, बिहिबार
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
२०८३ श्रावण २८, बिहिबार
इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
२०८३ श्रावण २८, बिहिबार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
२०८३ श्रावण २८, बिहिबार
हर्मुज नखुलेको इरानको दाबी
२०८३ श्रावण २८, बिहिबार