श्रावण २८, २०८३ बिहिबार August 13, 2026

वीरगञ्जका नगरप्रमुख सिंह चार लाख धरौटीमा रिहा

नगरप्रमुख सिंहमाथि झुट्टा विवरण पेस गरी नागरिकता बनाएको तथा लिखत किर्ते गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज (पर्सा), जेठ १९ गते  । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले चार लाख १५ हजार रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

मङ्गलवार पर्साको ठोरीबाट प्रहरीले नियन्त्रणमा लिई अदालतमा पेस गरेपछि न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले नगरप्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकका अनुसार नगरप्रमुख सिंहसँग लिखतसम्बन्धी कसुर मुद्दामा चार लाख रुपियाँ तथा झुट्टा विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा १५ हजार रुपियाँ धरौटी माग गरिएको हो ।

नगरप्रमुख सिंहका तर्फबाट वरिष्ठ अधिवक्ता रामेश्वर सेढाई, अधिवक्ता कमलमोहन पोखरेल र प्रमोद साहले बहस गर्नुभएको थियो भने जाहेरवालाका तर्फबाट अधिवक्ता चन्द्रिका पटेल लगायतका कानुन व्यवसायीले बहस गर्नुभएको थियो । यसैगरी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता मनोजकुमार गुप्ताले बहस गर्नुभएको थियो ।

वीरगञ्जका स्थानीय लियाकत अलीको जाहेरीका आधारमा नेपाल सरकारवादी रहेको उक्त मुद्दा अदालतमा दर्ता भएको हो । नगरप्रमुख सिंहमाथि झुट्टा विवरण पेस गरी नागरिकता बनाएको तथा लिखत किर्ते गरेको आरोप लगाइएको छ । उक्त मुद्दामा नगरप्रमुख सिंहसँगै उहाँकी कान्छी पत्नी रिता भट्टराई तथा वीरगञ्ज–३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायलाई पनि प्रतिवादी बनाइएको छ ।

प्रहरीका अनुसार नगरप्रमुख सिंहविरुद्ध लिखत किर्तेसम्बन्धी मुद्दामा अदालतको आदेशानुसार गत जेठ ८ गते पक्राउ पुर्जी जारी गरिएको थियो । त्यसपछि नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि जेठ १२ गते पुनः पक्राउ पुर्जी जारी गरिएको थियो । उक्त मुद्दाको अनुसन्धान तथा कानुनी प्रक्रिया चलिरहेकै अवस्थामा अदालतको आदेशपछि नगरप्रमुख सिंह धरौटी बुझाएर रिहा हुनुभएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २८, बिहिबार
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा
२०८३ श्रावण २८, बिहिबार
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
२०८३ श्रावण २८, बिहिबार
इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
२०८३ श्रावण २८, बिहिबार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
२०८३ श्रावण २८, बिहिबार
हर्मुज नखुलेको इरानको दाबी
२०८३ श्रावण २८, बिहिबार