असोज २४, २०८३ शनिबार October 10, 2026

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) समेतको कसुरमा दोषी ठहर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान भएकी छन् । जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएकाे हाे ।

1140x725उनलाई नख्खु कारागार लगिने जिल्ला प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीले बताए ।

कुमार चिमोरियाको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा टिकटकर अधिकारी, अशोककुमार अग्रवालसहित १० जना प्रतिवादी छन् । उनीहरुका विरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) समेतको कसुरमा मुद्दा चलेको हो ।

चिमोरियाले २०८२ साउन २४ गते ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएका थिए । साथै, टिकटकर अधिकारीको २१ करोड सम्पत्तिको स्रोत नखुलेका कारण सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको छ ।

२०८२ भदौदेखि फरार उनी चीन हुँदै थाइल्याण्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय
२०८३ असोज २४, शनिबार
अन्तर्राष्ट्रिय न्यायको संरक्षणमा जोड, अमेरिकी प्रतिबन्धप्रति संयुक्त राष्ट्रसङ्घको चासो
२०८३ असोज २४, शनिबार
शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड
२०८३ असोज २४, शनिबार
परराष्ट्रमन्त्री स्वदेश फिर्ता, जलवायु मुद्दा अन्तर्राष्ट्रियकरणमा उपलब्धि
२०८३ असोज २४, शनिबार
नेकपाको सूचना तथा सञ्चारप्रविधि विभागको बैठक, नीतिको मस्यौदा बुझाइयो
२०८३ असोज २४, शनिबार
भियतनाम युद्धकालीन सीआइए हवाई मैदानमा चीनको नयाँ सैन्य आधार
२०८३ असोज २४, शनिबार
साफीको हत्या आरोपी टिकटकर ‘गुण्डा’ माथि थप दुई ज्यान मार्ने उद्योगको मुद्दा
२०८३ असोज २४, शनिबार