असार ३, २०८३ बुधबार June 17, 2026

युएईमा नेपाली तेक्वान्दो खेलाडी घर्ती मगर सम्मानित

युएई तेक्वान्दो फेडेरेसनले प्रदान गरेको सम्मानले घर्ती मगरको खेल यात्रामा थप उत्साह र ऊर्जा थप्ने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ २६ गते । नेपाली तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगरलाई युएई तेक्वान्दो फेडेरेसनले २०२५–२०२६ खेल सत्रका तेक्वान्दो च्याम्पियनसिपमा रेफ्रीको माधयमबाट गरेको उत्कृष्ट योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरेको छ ।

युएई तेक्वान्दो फेडेरेसनको बोर्ड अफ डाइरेक्टर्सले जारी गरेको प्रशंसापत्रमा घर्ती मगरले विभिन्न तेक्वान्दो प्रतियोगितामा रेफ्रीको रूपमा देखाएको महत्त्वपूर्ण, विशिष्ट र उदाहरणीय कार्य सम्पादनले फेडेरेसनका कार्यक्रम तथा प्रतियोगिताहरू सफल बनाउन भूमिका खेलेको उल्लेख गरिएको छ।

तेक्वान्दो क्षेत्रमा निरन्तर सक्रिय घर्ती मगर सन् २०११ मा रोजगारीका लागि युएई पुगेका थिए प्रारम्भिक समयमा उहाँले सिक्युरिटी गार्डका रूपमा काम गर्नुभएको थियो । खेलप्रतिको लगाव र अथक मिहिनेतका कारण उहाँले तेक्वान्दो क्षेत्रमा आफ्नो यात्रा अघि बढाउँदै सन् २०१६ देखि युएईमा तेक्वान्दो प्रशिक्षक (कोच) तथा रेफ्रीको जिम्मेवारी निर्बाह गर्दै आउनुभएको छ । युएई तेक्वान्दो फेडेरेसनले प्रदान गरेको सम्मानले घर्ती मगरको खेल यात्रामा थप उत्साह र ऊर्जा थप्ने विश्वास गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शान्तिका लागि ट्रम्पसँग दक्षिण कोरियाको आग्रह
२०८३ असार ३, बुधबार
रास्वपा महाधिवेशनमा आउने पाहुनाको सम्मानमा छुट
२०८३ असार ३, बुधबार
अमेरिका–इरान सम्झौताको पूर्वसन्ध्यामा तेल ट्याङ्करहरू समुद्रमा, तनाव घट्ने संकेत
२०८३ असार ३, बुधबार
सभामुख अर्याल र बंगलादेशका राजदूतबीच भेटवार्ता
२०८३ असार ३, बुधबार
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड
२०८३ असार ३, बुधबार
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
२०८३ असार ३, बुधबार
विश्वकपमा पोर्चुगलको अभियान आजदेखि, रोनाल्डोको नजर ऐतिहासिक उपाधिमा
२०८३ असार ३, बुधबार