कार्तिक ७, २०८३ शनिबार October 24, 2026

युएईमा नेपाली तेक्वान्दो खेलाडी घर्ती मगर सम्मानित

युएई तेक्वान्दो फेडेरेसनले प्रदान गरेको सम्मानले घर्ती मगरको खेल यात्रामा थप उत्साह र ऊर्जा थप्ने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, जेठ २६ गते । नेपाली तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगरलाई युएई तेक्वान्दो फेडेरेसनले २०२५–२०२६ खेल सत्रका तेक्वान्दो च्याम्पियनसिपमा रेफ्रीको माधयमबाट गरेको उत्कृष्ट योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरेको छ ।

युएई तेक्वान्दो फेडेरेसनको बोर्ड अफ डाइरेक्टर्सले जारी गरेको प्रशंसापत्रमा घर्ती मगरले विभिन्न तेक्वान्दो प्रतियोगितामा रेफ्रीको रूपमा देखाएको महत्त्वपूर्ण, विशिष्ट र उदाहरणीय कार्य सम्पादनले फेडेरेसनका कार्यक्रम तथा प्रतियोगिताहरू सफल बनाउन भूमिका खेलेको उल्लेख गरिएको छ।

तेक्वान्दो क्षेत्रमा निरन्तर सक्रिय घर्ती मगर सन् २०११ मा रोजगारीका लागि युएई पुगेका थिए प्रारम्भिक समयमा उहाँले सिक्युरिटी गार्डका रूपमा काम गर्नुभएको थियो । खेलप्रतिको लगाव र अथक मिहिनेतका कारण उहाँले तेक्वान्दो क्षेत्रमा आफ्नो यात्रा अघि बढाउँदै सन् २०१६ देखि युएईमा तेक्वान्दो प्रशिक्षक (कोच) तथा रेफ्रीको जिम्मेवारी निर्बाह गर्दै आउनुभएको छ । युएई तेक्वान्दो फेडेरेसनले प्रदान गरेको सम्मानले घर्ती मगरको खेल यात्रामा थप उत्साह र ऊर्जा थप्ने विश्वास गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अस्ट्रियाद्वारा चार रूसी कूटनीतिज्ञ निष्कासित, रुसले दियो जवाफी कदम चाल्ने चेतावनी
२०८३ कार्तिक ७, शनिबार
अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चारमाध्यमसमेत झुक्किए
२०८३ कार्तिक ७, शनिबार
क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल
२०८३ कार्तिक ६, शुक्रबार
नारायणी कटान नियन्त्रण र माडीका समस्या समाधानमा मन्त्री गौतमको चासो
२०८३ कार्तिक ६, शुक्रबार
भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक
२०८३ कार्तिक ६, शुक्रबार
International Day of the Snow Leopard: Climate change reducing this big cat’s habitat
२०८३ कार्तिक ६, शुक्रबार
साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त
२०८३ कार्तिक ६, शुक्रबार