श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण

तटबन्ध गरेपछि कटान रोकथाम भई बस्ती र खेतीयोग्य जमिन संरक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी। ऊर्जा, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत चालु आर्थिक वर्ष म्याग्दीका तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, बेनी नगरपालिकाको सिंगा तातोपानी र मङ्गला गाउँपालिकाको सिममा नदी कटान र बाढी रोकथामका लागि तटबन्ध गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले चालु आवको सालबसाली तीन वटै योजना निर्धारित समयअगावै सम्पन्न भएका जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित कालीगण्डकी नदी किनारमा कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएको छ । रुप्से बिल्डर्स प्रालिले रु २७ लाख ९५ हजारमा ठेक्का पाएको यस योजनामार्फत २६ मिटर पक्की पर्खाल निर्माण भएको छ ।

एसके कन्ट्रक्सनले रु १४ लाख ९९ हजारमा ठेक्का पाएको बेनी नगरपालिका–४ सिंगा तातोपानी बस्ती संरक्षण योजनामार्फत माथिल्लो तातोपानी बजारस्थित खेलमैदान क्षेत्रमा तटबन्ध भएको छ ।

हरिवर तिवारी निर्माण सेवाले रु २६ लाख ८० हजारमा ठेक्का पाएको मङ्गला गाउँपालिका–२ सिममा म्याग्दी नदी नियन्त्रण योजना पनि सम्पन्न भएको छ । उक्त योजनामार्फत सिमस्थित म्याग्दी नदीको किनारमा ४६ मिटर दूरीमा ग्यावियन पर्खाल निर्माण भएको छ ।

सिमका बासिन्दा धु्रव केसीले तटबन्ध गरेपछि कटान रोकथाम भई बस्ती र खेतीयोग्य जमिन संरक्षण भएको बताउनुभयो । तटीय क्षेत्रका बस्ती तथा खेतीयोग्य जमिनलाई कटान र बाढीबाट जोगाउन योजनालाई निरन्तरता दिनुपर्ने केसीले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार