जेठ ३१, २०८३ आइतबार June 14, 2026

बागमती एरियाका १०० भन्दा बढी क्लब पदाधिकारीलाई लायन्स नेतृत्व प्रशिक्षण

डिस्ट्रिक्ट गर्भनर अधिकारीको नेतृत्वमा लायन्सको महत्वाकांक्षी योजना सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ के, नेपाल अन्तर्गत बागमती एरियाका क्लब पदाधिकारीहरूलाई नेतृत्व, व्यवस्थापन तथा संगठनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शनिबार गोङ्गबुस्थित बीजी ब्याङ्क्वेटमा ‘क्लब अफिसर्स स्कुलिङ प्रोग्राम’ सम्पन्न गरिएको छ।

लायन वर्ष २०२६/२७ का लागि आयोजित उक्त कार्यक्रममा बागमती एरियाअन्तर्गतका विभिन्न रिजन तथा जोनमा आबद्ध करिब १०० वटा क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरूको सहभागिता रहेको थियो। बिहान ८:३० बजे सुरु भएको उद्घाटन सत्रमा नवनिर्वाचित डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीको सभापतित्व रहेको थियो भने पूर्व अन्तर्राष्ट्रिय निर्देशक (PID) लायन बालकृष्ण बुर्लाकोटीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको थियो।

May be an image of one or more peopleकार्यक्रममा प्रेरणादायी वक्ता रामजी अधिकारीले नेतृत्व विकास, सकारात्मक सोच तथा सेवामूलक अभियानमा लायन्सकर्मीहरूको भूमिकाबारे प्रशिक्षण दिनुभएको थियो। डिस्ट्रिक्ट गभर्नर–इलेक्ट लायन रमेश अधिकारीले लायन वर्ष २०२६/२७ का लागि डिस्ट्रिक्ट तथा अन्तर्राष्ट्रिय कार्यक्रम, ‘मिसन १.५’ अभियान, सदस्यता विस्तार, सेवा परियोजना तथा संगठन सुदृढीकरणका योजनाबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रमअन्तर्गत अध्यक्ष, उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षहरूका लागि छुट्टाछुट्टै प्राविधिक कक्षा सञ्चालन गरिएको थियो। पदअनुसारको जिम्मेवारी, क्लब सञ्चालन, अभिलेख व्यवस्थापन, सदस्यता अभिवृद्धि, वित्तीय पारदर्शिता तथा सेवा कार्यक्रम प्रभावकारी बनाउने विषयमा विशेष प्रशिक्षण प्रदान गरिएको थियो। त्यसपछि संयुक्त सत्रमा पूर्व अन्तर्राष्ट्रिय निर्देशक लायन बालकृष्ण बुर्लाकोटीले लायन्सको दर्शन, नेतृत्व विकास, अन्तर्राष्ट्रिय मापदण्ड तथा भावी कार्यदिशाबारे प्रशिक्षण दिनुभएको थियो।

May be an image of one or more people, crowd and textकार्यक्रमको समापन सत्रमा सहभागी पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। आयोजकका अनुसार प्रशिक्षणले क्लब नेतृत्वलाई अझ सक्षम, उत्तरदायी र परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

यसअघि गत साता मात्रै चितवनमा क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न भएको थियो, जहाँ करिब २४० भन्दा बढी क्याबिनेट अफिसर्स सहभागी भएका थिए। उक्त कार्यक्रममा लायन्स आन्दोलनलाई थप विस्तार गर्ने लक्ष्यसहित ६० भन्दा बढी नयाँ क्लब स्थापना गर्ने, १०० भन्दा बढी एमजेएफ योगदान वृद्धि गर्ने तथा विभिन्न उच्चस्तरीय नेतृत्व र क्षमता विकाससम्बन्धी तालिम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।

May be an image of one or more people, temple, crowd and textनयाँ नेतृत्वको कार्यकाल सुरु हुनुअघि सञ्चालन गरिएको यस्ता प्रशिक्षण कार्यक्रमले डिस्ट्रिक्ट ३२५ के, नेपाललाई सेवा, सदस्यता विस्तार र नेतृत्व विकासका क्षेत्रमा नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया