असोज २४, २०८३ शनिबार October 10, 2026

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो हटेसँगै रोकिराखेका सवारी साधनहरू आफ्नो गन्तव्यतर्फ लागेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन। पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। बुधबार राति ९ बजे इच्छाकामना गाउँपालिका-५ स्थित तुइनखोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको थियो।

सडक डिभिजन कार्यालय भरतपुरका सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार सडकमा जम्मा भएको पहिरो पन्छाएपछि अहिले यातायात सेवा पुनः दुईतर्फी रूपमा सञ्चालनमा आएको हो। पहिरो हटेसँगै रोकिराखेका सवारी साधनहरू आफ्नो गन्तव्यतर्फ लागेका छन्।

यस नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोला क्षेत्रमा लेदोसहितको पहिरो र ढुङ्गा खसिरहने समस्याका कारण यात्रुहरू लामो समयदेखि जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। वर्षातको समयमा यो क्षेत्रमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
संघीय निजामति विधेयक २०८३ : ३०-५५ को अवकाश प्रावधानले कर्मचारी वृत्तमा त्रास
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार
सुर्खेतका तीन स्थानका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद
२०८३ असोज २४, शनिबार
चौध लाखभन्दा बढीका सामान र ई-लोडर बरामद
२०८३ असोज २४, शनिबार
सुन तस्करीमा चिनियाँ नयाँ समूह : २१ किलो ७५० ग्राम सुनसहित तीन जना बुढानीलकण्ठबाट पक्राउ
२०८३ असोज २४, शनिबार
पुरानो बसको लापरबाहीले खोस्यो ५ जनाको ज्यान, माझठाना गाउँ शोकमा डुब्यो
२०८३ असोज २४, शनिबार