असोज २४, २०८३ शनिबार October 10, 2026

लायन्स मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको वार्षिक महाधिवेशन सम्पन्न

एमडी ३२५ को वार्षिक महाधिवेशनमा सामाजिक सेवाका उत्कृष्ट व्यक्तित्व सम्मानित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको वार्षिक महाधिवेशन काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। देशभरका लायन्स नेतृत्व, सदस्य तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले लायन्स आन्दोलनको सामाजिक योगदान, नेतृत्व विकास र आगामी कार्यदिशामाथि व्यापक छलफल गरेको छ।

काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित महाधिवेशनको उद्घाटन प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले गरेका थिए। कार्यक्रमको अध्यक्षता मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापाले गरेकी थिइन्।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख अर्यालले लायन्स क्लबले वर्षौंदेखि शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा मानवीय सेवाका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले सामाजिक संस्थाहरू राजनीतिक प्रभावबाट टाढा रहँदै निष्पक्ष र सेवामुखी ढंगले अघि बढ्नुपर्ने उल्लेख गर्दै लायन्सले आफ्नो मौलिक चरित्र जोगाइराखेको बताए।

महाधिवेशनका अवसरमा सभामुख अर्याल, लायन्स क्लबसँग आबद्ध सांसदहरू, नवनिर्वाचित मल्टिपल काउन्सिल पदाधिकारीहरू, पाष्ट डिष्ट्रिक्ट गभर्नरहरू, चालु तथा आगामी लायन वर्षका डिष्ट्रिक्ट गभर्नरहरूलाई सम्मान गरिएको थियो। साथै सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्‍याएका १५ वटै डिष्ट्रिक्टका उत्कृष्ट क्लब तथा लायन्स लिडरहरूलाई विभिन्न अवार्ड तथा सम्मान प्रदान गरिएको थियो।

कार्यक्रमकै क्रममा महाधिवेशन विशेष स्मारिका (सुभेनियर) तथा मल्टिपल डिष्ट्रिक्टले नियमित रूपमा प्रकाशन गर्दै आएको ‘लायन म्यागजिन’ को विमोचन गरिएको थियो। उक्त प्रकाशनहरूले नेपालमा लायन्स आन्दोलनको इतिहास, उपलब्धि तथा भावी योजनाहरूलाई समेटेका छन्।

महाधिवेशनलाई सम्बोधन गर्दै पाष्ट इन्टरनेसनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले नेपालमा लायन्स आन्दोलनले पछिल्ला वर्षहरूमा हासिल गरेको विस्तार र प्रभावको चर्चा गरे । उनले ५४ वर्षे इतिहासमा पहिलो पटक महिला नेतृत्वले मल्टिपल काउन्सिल चेयरपर्सनको जिम्मेवारी सम्हालेर सफल कार्यकाल पूरा गर्न लागेको उल्लेख गर्दै मिलन थापाको नेतृत्वको खुलेर प्रशंसा गरे।

त्यसैगरी पाष्ट इन्टरनेसनल डाइरेक्टर सञ्जय खेतानले आगामी जुलाई ३ देखि ७ तारिखसम्म हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय लायन्स कन्भेन्सनबारे जानकारी गराए। उनले नेपालबाट हुने सहभागिताले अन्तर्राष्ट्रिय स्तरमा नेपाली लायन्सको उपस्थितिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

आईडी इन्डोर्सी एवं जनप्रिय लिडर राजन लम्सालले आगामी अन्तर्राष्ट्रिय जिम्मेवारी सफल बनाउन सबै लायन्स सदस्य तथा नेतृत्वको सहयोग आवश्यक रहेको बताए। उनले नेपाललाई विश्व लायन्स समुदायमा थप प्रभावशाली रूपमा प्रस्तुत गर्न एकताबद्ध प्रयासको आवश्यकता औंल्याए।

कार्यक्रमको अध्यक्षीय मन्तव्य राख्दै मिलन थापाले आफ्नो कार्यकालमा प्राप्त सहयोगप्रति आभार व्यक्त गरिन्। उनले विगतमा व्यक्तिगत रूपमा भोग्नुपरेका कठिन परिस्थितिमा देशभरका लायन्स सदस्यहरूले देखाएको साथ, सद्भाव र सहयोगकै कारण सामाजिक सेवाका अभियानलाई निरन्तरता दिन सम्भव भएको बताइन्। उनले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण नेतृत्व, सदस्य तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरिन्।

महाधिवेशनको व्यवस्थापन डिस्ट्रिक्ट जी ले गरेको थियो। डिष्ट्रिक्ट गभर्नर विधान जोशीले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।

देशभरका १५ वटा डिष्ट्रिक्टबाट ६०० भन्दा बढी लायन्स लिडर तथा सदस्यहरूको सहभागिता रहेको महाधिवेशनले सामाजिक सेवा, नेतृत्व विकास, संस्थागत सुदृढीकरण तथा अन्तर्राष्ट्रिय समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित आगामी कार्ययोजनाको मार्गचित्र तय गरेको डिस्ट्रिक्ट ३२५ के नेपालका मनोनित सहसचिव मछिन्द्र आचार्यले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Traffic resumes on BP Highway
२०८३ असोज २४, शनिबार
सभापति गगन थापाको प्रतिबद्धता : कांग्रेस छाडेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्काउँछौँ
२०८३ असोज २४, शनिबार
पार्टी सङ्गठन सुदृढीकरण र जनपरिचालन गर्दै एमाले
२०८३ असोज २४, शनिबार
पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय
२०८३ असोज २४, शनिबार
अन्तर्राष्ट्रिय न्यायको संरक्षणमा जोड, अमेरिकी प्रतिबन्धप्रति संयुक्त राष्ट्रसङ्घको चासो
२०८३ असोज २४, शनिबार
शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड
२०८३ असोज २४, शनिबार
परराष्ट्रमन्त्री स्वदेश फिर्ता, जलवायु मुद्दा अन्तर्राष्ट्रियकरणमा उपलब्धि
२०८३ असोज २४, शनिबार