श्रावण ३०, २०८३ शनिबार August 15, 2026

लायन्स मल्टिपल डिष्ट्रिक्ट ३२५ को काउन्सिल चेयरपर्सनमा केशर बहादुर भण्डारी निर्वाचित

१५ डिष्ट्रिक्ट गभर्नरको मतबाट भण्डारी काउन्सिल चेयरपर्सन निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ को आगामी लायन वर्षका लागि मल्टिपल काउन्सिल चेयरपर्सनमा केशर बहादुर भण्डारी निर्वाचित भएका छन्।

निर्वाचनमा डिष्ट्रिक्ट ३२५ एफ का लायन वर्ष २०२५/२६ का गभर्नर भण्डारीले ८ मत प्राप्त गर्दै विजयी भए। उनका प्रतिस्पर्धी डिष्ट्रिक्ट ३२५ जी का गभर्नर विधान जोशी ले ७ मत प्राप्त गरे।

यस्तै, भाईस काउन्सिल चेयरपर्सनमा डिष्ट्रिक्ट ३२५ पी का आगामी वर्षका गभर्नर सन्दिप कसौधन १० मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी डिष्ट्रिक्ट ३२५ आर का प्रभाकर पण्डित ले ५ मत प्राप्त गरे।

त्यसैगरी, सचिवमा डिष्ट्रिक्ट ३२५ एम का आगामी वर्षका गभर्नर रत्न पराजुली, कोषाध्यक्षमा डिष्ट्रिक्ट ३२५ ई का आगामी वर्षका गभर्नर श्याम कुमार यादव तथा सहसचिवमा डिष्ट्रिक्ट ३२५ एचका आगामी वर्षका गभर्नर उद्धव सिलवाल निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिका संयोजक डीआर खनालका अनुसार यस वर्ष मल्टिपल डिष्ट्रिक्ट ३२५ मा नयाँ पदका रूपमा काउन्सिल प्रवक्ता थपिएको छ। उक्त पदमा डिष्ट्रिक्ट ३२५ एल की आगामी वर्षकी डिष्ट्रिक्ट गभर्नर तारा भुषाल चयन भएकी छन्।

निर्वाचनमा सहभागी १५ वटा डिष्ट्रिक्टका आगामी वर्षका डिष्ट्रिक्ट गभर्नरहरूले भण्डारीलाई काउन्सिल चेयरपर्सनको जिम्मेवारी तथा कसौधनलाई भाईस काउन्सिल चेयरपर्सनको जिम्मेवारी दिएका हुन्। यससँगै आगामी लायन वर्षका लागि मल्टिपल डिष्ट्रिक्ट ३२५ को नेतृत्व टोली पूर्ण भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार