कार्तिक ८, २०८३ आइतबार October 25, 2026

हास्यकलाकार खेम शर्माको उपचारका क्रममा निधन

दुःखद समाचारले सबै चलचित्रकर्मीहरू मर्माहत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । हास्यकलाकार खेम शर्माको निधन भएको छ । आज बिहान उपचारका क्रममा अस्पतालमा उनको निधन भएको हो । उनी अमेरिकामा बस्दै आएका थिए ।

चलचित्र विकास बोर्डले उनको निधनबारे जानकारी दिएको छ । उनलाई धेरै दर्शकले ‘चतुरे’ नामबाट चिन्दथे ।

“हास्यव्यंग्यमा ‘चतुरेको दाउपेच’बाट सर्वाधिक चर्चित हुँदै सयौँ टेलिफिल्म, चलचित्र र रंगमञ्चमा आफ्नो अभिनय क्षमताको छाप छोडेका वरिष्ठ कलाकार खेम शर्माको निधन भएको छ,” चलचित्र विकास बोर्डले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ, “यो दुःखद समाचारले सबै चलचित्रकर्मीहरू मर्माहत भएका छौँ ।”

‘चतुरे’ क्यारेक्टरबाट लोकप्रिय भएपछि शर्माले दर्जनौँ टेलिचलचित्रसँगै चलचित्रमा काम गरेका थिए । पछिल्लो समय भने उनी लामो समयदेखि अमेरिकामा बस्दै आएकाले दर्शकबाट टाढा थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार
तान्जानिया सरकारका आलोचक केन्यामा अपहरित
२०८३ कार्तिक ८, आइतबार
Dashain gala at Fewa lake, foreign tourists receive tika, jamara
२०८३ कार्तिक ८, आइतबार
राजनीतिकर्मीले राजनीति मात्रै होइन, अनुसन्धान पनि गर्नुपर्छ : बिजुक्छे
२०८३ कार्तिक ८, आइतबार
प्रदेशसभा र प्रदेश परिषद्को अवधारणाबाट संघीयता मजबुत बनाउँछौँ : मनिष झा
२०८३ कार्तिक ८, आइतबार
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी
२०८३ कार्तिक ८, आइतबार