मंग्सिर २, २०८३ बुधबार November 18, 2026

चीनका राष्ट्रपति सी र बेलारुसका नेता लुकासेन्कोबीच भेटवार्ता

राष्ट्रपति सीले बेलारूसी नेता लुकासेन्कोलाई भव्य डायोयुताई अतिथि गृहमा गरे स्वागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बेइजिङ, १५ असार (रासस/एएफपी) : चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग भेट गर्नुभएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । लुकासेन्को रुसका प्रमुख सहयोगी मानिनुहुन्छ ।

चीनको राष्ट्रिय टेलिभिजन प्रसारक सीसीटीभीका अनुसार राष्ट्रपति सीले बेलारूसी नेता लुकासेन्कोलाई भव्य डायोयुताई अतिथि गृहमा स्वागत गर्नुभएको हो ।

“‘चीन–बेलारुस सम्बन्धले अन्तर्राष्ट्रिय चुनौतीहरूको परीक्षा झेलेको’ छ तर यो अब ‘इतिहासको सबैभन्दा राम्रो कालमा प्रवेश’ गर्दैछ,” चीनको विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति सीले बेलारूसी समकक्षी लुकासेन्कोलाई दुई देशले ‘सबै क्षेत्रका स्रोतहरूलाई परिचालन गरेर ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ को निर्माणलाई प्रवर्धन गर्नुपर्ने र व्यावहारिक सहयोगलाई समृद्ध बनाउनुपर्ने’ बताएको विज्ञप्तिमा उल्लेख छ ।

बेलारुसका नेताको यो भ्रमण गत हप्ता उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेपछि भएको हो ।

सन् १९९४ देखि सत्तामा रहेका लुकासेन्कोले मस्कोलाई सन् २०२२ मा युक्रेन आक्रमणका लागि बेलारुसबाट बाटो दिन अनुमति दिनुभएको थियो तर युद्धमा प्रत्यक्ष संलग्न हुने योजना अस्वीकार गर्नुभएको थियो ।

नाटोको पूर्वी सीमासँग जोडिएको बेलारुसले रुसको पछिल्लो आणविक क्षमतायुक्त मिसाइल ‘ओरेश्निक’ राखेको छ ।

चीनले द्वन्द्वभरि आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गर्दै आएको छ, यद्यपि किएभका सहयोगीहरूले बेइजिङले गुप्त रूपमा मस्कोलाई सहयोग गरिरहेको आरोप लगाउँदै आएका छन् ।

नेता लुकासेन्कोले चिनिया राष्ट्रपति सीसँग पछिल्लो पटक सन् २०२५ को अगस्टमा भेट गर्नुभएको थियो । त्यसको केही दिनपछि उहाँ बेइजिङमा भएको ठूलो सैन्य कवाजमा सहभागी हुनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनुहुँदैन : ज्ञानेन्द्र शाही
२०८३ मंग्सिर २, बुधबार
टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ मंग्सिर २, बुधबार
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
एमालेको राष्ट्रिय भेलाः जनजीवनदेखि पार्टीभित्रका समस्या केलाइँदै
२०८३ मंग्सिर २, बुधबार
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो
२०८३ मंग्सिर २, बुधबार