असार २०, २०८३ शनिबार July 4, 2026

विस्कन्सिनमा आँधीका कारण डुङ्गा डुब्दा तीन जना बालबालिकाको मृत्यु

दक्षिणी वालवर्थ काउन्टीमा दिउँसो शक्तिशाली आँधी आउदा ठुलो क्षति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

न्युयोर्क, २० असार । मेरिकाको विस्कन्सिन राज्यको दक्षिणी भागको जेनेभा तालमा गम्भीर मौसमको कारण डुङ्गा पल्टिएर दुर्घटना हुँदा तीन जना बालबालिकाको मृत्यु भएको जनाइएको छ ।

जेनेभा प्रहरी विभागले चार बच्चाहरू सहित १० जना सवार रहेको डुङ्गा तीव्र हावा र उग्र छालहरूको कारणले डुबाएको जनाएको छ ।

छ जना वयस्क र एक बालकलाई पानीबाट उद्धार गरिएको जनाउदै प्रहरीले अन्य तीन जना बालबालिकाको उद्धार प्रयासका बावजुद मृत्यु भएको पुष्टि गरेको छ ।

वालवर्थ काउन्टी अन्डरशेरिफ टम हाउसनरले दक्षिणी वालवर्थ काउन्टीमा दिउँसो शक्तिशाली आँधी आउदा ठुलो क्षति भएको बताइएको छ ।

लेक जेनेभा शहरका मेयर टोड क्राउसले दुर्घटना पछि आपतकालिन अवस्था घोषणा गर्नु भएको छ । वालवर्थ काउन्टीले नजिकैका काउन्टीहरूमा कानून प्रवर्तन र विस्कन्सिन प्राकृतिक संसाधन विभागबाट सहयोग मागेको हाउसनरले बताउनु भएको छ ।

यसै गरी मिडवेस्टमा आएको आँधीका कारण, धेरै अमेरिकी शहरहरूमा छुट्टी हुनुका साथै कार्यक्रमहरु रद्द गरेको मिडियाले रिपोर्ट गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विस्कन्सिनमा आँधीका कारण डुङ्गा डुब्दा तीन जना बालबालिकाको मृत्यु
२०८३ असार २०, शनिबार
राउन्ड अफ १६ को पहिलो खेल आजवाट, क्यानडा र मोरोक्को भिडदैँ
२०८३ असार २०, शनिबार
कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन
२०८३ असार २०, शनिबार
अन्तर्राष्ट्रिय प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन दुवै प्रहरी प्रमुख अमेरिका प्रस्थान गर्दै
२०८३ असार २०, शनिबार
वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह
२०८३ असार २०, शनिबार
हङकङमा गुञ्जियो राजन लम्सालको उम्मेदवारी, विश्व लायन्स सदस्यसँग समर्थनको अपिल
२०८३ असार २०, शनिबार
बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण
२०८३ असार २०, शनिबार