असार २०, २०८३ शनिबार July 4, 2026

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

डोनेत्स्कको क्षेत्र तथा जापोरिज्जिया र खेरसन क्षेत्रमा युक्रेनी सैन्य गठनको समाप्ति जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मस्को। रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को अभियान पूरा गरेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार घोषणा गर्नुभएको छ ।

“संयुक्त सुरक्षा बल समूहका इकाई र सङ्गठनहरूले रुसी सशस्त्र बलको जनरल स्टाफद्वारा तयार पारिएको सञ्चालन योजना अनुसार आफ्नो अभियान पूरा गरिरहेको जानकारी मैले गराउन चाहन्छु

। लुहान्स्क पिपुल्स रिपब्लिकको पूर्ण मुक्ति हालै पूरा भएको छ,” पुटिनले संयुक्त सुरक्षा बल समूहको एक अस्थायी कमान्ड पोस्टमा आयोजित बैठकमा भन्नुभयो ।

डोनेत्स्कको क्षेत्र तथा जापोरिज्जिया र खेरसन क्षेत्रमा युक्रेनी सैन्य गठनको समाप्ति जारी रहेको नेता पुटिनले थप्नुभयो । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया