असार २१, २०८३ आइतबार July 5, 2026

भेनेजुएलाका भुकम्पमा परेका मध्ये अझै ४३ हजार बेपत्ता

करिब छ अर्ब ७० करोड अमेरिकी डलर बराबरको प्रत्यक्ष क्षति भएको अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कराकस, २१ असार । दक्षिण अमेरिकी मुलुक  भेनेजुएलाको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार ९५४ पुगेको छ  भने समाचार अनुसार अझै ४१ हजारभन्दा बढी मानिस बेपत्ता रहेको जनाइएको छ।

सरकारले सार्वजनिक गरेको विवरणअनुसार उद्धार तथा राहत कार्यका लागि करिब ३० हजार सरकारी अधिकारी परिचालन गरिएका छन् । उनीहरूसँगै ३ हजार २८१ जना अन्तर्राष्ट्रिय उद्धारकर्मी पनि प्रभावित क्षेत्रमा खटिएका छन् ।

सरकारी तथ्यांकअनुसार १६ हजारभन्दा बढी मानिस घरबारविहीन बनेका छन् । उनीहरूमध्ये केही सरकारी आश्रयस्थलमा बसिरहेका छन् भने अन्य प्रभावितहरू अस्थायी पाल शिविरमा आश्रय लिएर बसेका छन् ।

अमेरिकी विदेश मन्त्रालयको समन्वयमा विभिन्न सहयोगी संस्थासँग मिलेर सञ्चालन गरिएको अस्थायी अस्पतालले हालसम्म करिब ४ सय बिरामीको उपचार गरिसकेको छ ।

अघिल्लो साता गएको ७.२ म्याग्निच्युडको भूकम्प गएको केही सेकेन्डपछि ७.५ म्याग्निच्युडको मुख्य भूकम्प जाँदा भेनुजुएलामा यो संख्यामा हताहती भएको हो । सन् १९०० यताकै सबैभन्दा शक्तिशाली मानिएको उक्त भूकम्पले राजधानी काराकास र सबैभन्दा बढी प्रभावित तटीय राज्य ला ग्वाइरामा व्यापक क्षति पुर्‍याएको छ ।
राजधानीको मुख्य अन्तर्राष्ट्रिय प्रवेशद्वार सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल पनि गम्भीर रूपमा क्षतिग्रस्त भएको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले करिब छ अर्ब ७० करोड अमेरिकी डलर बराबरको प्रत्यक्ष क्षति भएको अनुमान गरेको छ, जुन नेजुएलाको कुल गार्हस्थ्य उत्पादनको करिब ६ प्रतिशत बराबर हो । एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भेनेजुएलाका भुकम्पमा परेका मध्ये अझै ४३ हजार बेपत्ता
२०८३ असार २१, आइतबार
कांग्रेस १५औं महाधिवेशन : निर्वाचन प्रक्रिया ‘डिजिटल’ र ‘पेपरलेस’ बनाउने तयारी
२०८३ असार २१, आइतबार
परिणाममुखी कार्यान्वयन नै अबको बालेन्द्र सरकारको परीक्षा : उपेन्द्र यादव
२०८३ असार २१, आइतबार
सरकार संविधान र संघीय गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको प्रचण्डको आरोप
२०८३ असार २१, आइतबार
अमेरिकाले स्वतन्त्रताको २५०औँ बर्षको उत्सव मनाउदै
२०८३ असार २१, आइतबार
हात्तीको आक्रमणमा आमाछोराको मृत्यु
२०८३ असार २१, आइतबार
सुर्यबंशीको डेभ्यु खेलमा भारत पराजित, इङल्याण्ड ४ विकेटले विजयी
२०८३ असार २१, आइतबार