असार २२, २०८३ सोमबार July 6, 2026

खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस

शोक अवधिलाई मध्यनजर गर्दै सडक, हवाई क्षेत्र तथा सार्वजनिक गतिविधिमा विशेष प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेहरान, २२ असार (रासस/एपी) :इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि सोमबार राजधानी तेहरानमा विशाल शोक जुलुस सुरु भएको छ । खामेनीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डाले ढाकिएको कफिनमा राखी परिवारका सदस्यहरूसहित ट्रकमार्फत तेहरानका मुख्य सडक हुँदै मेहराबाद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको छ । फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले सुरु गरेको युद्धको प्रारम्भिक चरणमा भएको हवाई आक्रमणमा उहाँको मृत्यु भएको थियो ।

इरानी राज्य सञ्चारमाध्यमका अनुसार जुलुस सुरु भइसकेको छ भने सरकारप्रति जनसमर्थन प्रदर्शन गर्ने उद्देश्यले ठूलो सङ्ख्यामा नागरिकलाई सहभागी गराइएको छ । शोक अवधिलाई मध्यनजर गर्दै सडक, हवाई क्षेत्र तथा सार्वजनिक गतिविधिमा विशेष प्रतिबन्ध लगाइएको छ । शनिबारदेखि सुरु भएको राष्ट्रिय शोक बिहीबारसम्म रहनेछ । त्यसपछि ८६ वर्षीय खामेनीलाई उहाँको जन्मस्थान मशहदस्थित इमाम रेजा मन्दिर परिसरमा अन्त्येष्टि गरिनेछ ।

यसबीच, संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पूर्ण रूपमा पुनः सञ्चालन, इरानको विवादित आणविक कार्यक्रम नियन्त्रण तथा युद्धको स्थायी अन्त्यका लागि वार्ता अघि बढाउन दबाब दिइरहे पनि अन्त्येष्टि सम्पन्न नभएसम्म वार्ता स्थगित रहने सङ्केत देखिएको छ ।

अन्त्येष्टिको वातावरणबीच खामेनीको मृत्युको बदला लिनुपर्ने आवाज पनि चर्किएको छ । जुलुसमा सहभागी केही शोकाकुल व्यक्तिहरूले बोकेका प्लेकार्डमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध आक्रोश व्यक्त गरिएको थियो । अमेरिकी अधिकारीहरूले सन् २०२० मा जनरल कासिम सुलेमानीको हत्या भएपछि ट्रम्प र अन्य अधिकारीविरुद्ध इरानबाट आउने सम्भावित धम्कीहरू लामो समयदेखि निगरानीमा राख्दै आएका छन् । यद्यपि इरानले ट्रम्पको हत्या गर्ने कुनै षड्यन्त्र रहेको आरोप निरन्तर अस्वीकार गर्दै आएको छ ।

यता ट्रम्पले पनि युद्धका क्रममा इरानविरुद्ध कडा चेतावनी दिँदै देशको सभ्यतासमेत ध्वस्त पार्ने धम्की दिनुभएको थियो । शोक जुलुसमा सहभागी फातिमा हसनले भन्नुभयो, “आज हामी आफ्ना नेताप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न आएका छौँ । यो हाम्रो लागि अत्यन्त पीडादायी दिन हो। हामी उहाँलाई बिदाइ मात्र गर्न होइन, उहाँको मृत्युको बदला लिन पनि प्रतिबद्ध छौँ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सानो राष्ट्रको ठूलो सपना: केप भर्डेको विश्वकप यात्रा सम्झनलायक
२०८३ असार २२, सोमबार
सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रम मन्त्रालय
२०८३ असार २२, सोमबार
अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र युक्रेन पठाएको भन्दै पोल्याण्डमा विवाद
२०८३ असार २२, सोमबार
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको संख्या ३ हजार ३४२ पुग्यो
२०८३ असार २२, सोमबार
बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान
२०८३ असार २२, सोमबार
अन्ततः आमिर खानले गरे ६१ बर्षमा तेस्रो बिबाह, अघिल्ला दुई बिबाहका बारेमा जान्नुहोस्
२०८३ असार २२, सोमबार
संबिधान संसोधनको नाममा संघीयतामा छेडखानी नगरियोस्ः श्रम संस्कृति पार्टी
२०८३ असार २२, सोमबार