असार २२, २०८३ सोमबार July 6, 2026

नाटो शिखर सम्मेलनअघि किएभमा रुसी आक्रमण

मङ्गलबारदेखि टर्कीको अङ्कारामा सुरु हुने नाटो शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति र युक्रेनी राष्ट्रपतिबीच छलफल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

किएभ, २२ असार (रासस/एएफपी) : टर्कीमा हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार युक्रेनको किएभ क्षेत्रमा ब्यालेस्टिक मिसाइल आक्रमण गर्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । राजधानी किएभ र आसपासका क्षेत्रमा एक साताभित्र भएको यो दोस्रो ठूलो आक्रमणले युद्ध थप उग्र बन्दै गएको सङ्केत दिएको छ ।

किएभ क्षेत्रीय सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोका अनुसार आक्रमणबाट चारवटा आवासीय भवनमा आगलागी भएको छ । बुचा जिल्लामा सात जनाको र राजधानी क्षेत्रमा एक जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । किएभका मेयर भिटाली क्लिट्स्कोले हवाई सुरक्षा प्रणाली सक्रिय गरिएको र सर्वसाधारणलाई सुरक्षित आश्रयस्थलमै बस्न आग्रह गर्नुभयो ।

एएफपीका संवाददाताले सोमबार बिहान हवाई हमलाको चेतावनीपछि राजधानीमा लगातार १० भन्दा बढी विस्फोटको आवाज सुनेका थिए । केही समयपछि फेरि आकाशमा चम्किँदै थप विस्फोट भएको देखिएको थियो ।

यसैबीच, मङ्गलबारदेखि टर्कीको अङ्कारामा सुरु हुने नाटो शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीच युद्धबारे छलफल हुने अपेक्षा गरिएको छ । त्यसपछि ट्रम्पले शान्ति प्रयासलाई पुनर्जीवित गर्ने उद्देश्यले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि वार्ता गर्ने योजना रहेको ह्वाइट हाउसले जनाएको छ ।

यता युक्रेनले पनि पछिल्ला हप्ताहरूमा रुसभित्रका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र बनाएको छ । रुसद्वारा नियन्त्रणमा रहेको क्रिमियाको सेवास्तोपोल नजिकै युक्रेनी आक्रमणपछि केही समय विद्युत् आपूर्ति अवरुद्ध भएको स्थानीय अधिकारीहरूले बताएका छन् । मस्कोका मेयर सर्गेइ सोब्यानिनका अनुसार राजधानीतर्फ आएका युक्रेनी ड्रोनहरू रुसी हवाई सुरक्षाले खसालेको छ ।

युद्धको मैदानमा पनि तनाव कायम छ । राष्ट्रपति जेलेन्स्कीले रणनीतिक महत्त्वको पूर्वी सहर कोस्ट्यान्टिनिभ्काका लागि लडाइँ जारी रहेको बताउँदै उक्त सहर आफ्नो नियन्त्रणमा रहेको रुसको दाबीलाई अस्वीकार गर्नुभयो । उहाँले नाटो शिखर सम्मेलनअघि मस्कोले थप ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनीसमेत दिनुभयो ।

शनिबार अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति ट्रम्पले पुटिन र जेलेन्स्कीसँग छुट्टाछुट्टै टेलिफोन संवाद गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको संख्या ३ हजार ३४२ पुग्यो
२०८३ असार २२, सोमबार
बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान
२०८३ असार २२, सोमबार
अन्ततः आमिर खानले गरे ६१ बर्षमा तेस्रो बिबाह, अघिल्ला दुई बिबाहका बारेमा जान्नुहोस्
२०८३ असार २२, सोमबार
संबिधान संसोधनको नाममा संघीयतामा छेडखानी नगरियोस्ः श्रम संस्कृति पार्टी
२०८३ असार २२, सोमबार
‘हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै
२०८३ असार २२, सोमबार
कैलालीमा हिट एण्ड रन घटनामा भारतीय नागरिक पक्राउ
२०८३ असार २२, सोमबार
नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा
२०८३ असार २२, सोमबार