असोज २१, २०८३ बुधबार October 7, 2026

गोली लोड रहेको कटुवा पेस्तोलसहित एक जना पक्राउ

४२ वर्षीय सदरे आलम रौतहट प्रहरीको नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रौतहट । रौतहटमा एक राउण्ड गोली लोड रहेको एक नाल कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।

रौतहटको गरुडा नगरपालिका-५ झाझपुलस्थित गम्हरिया बिर्ता निवासी गौतम सहनीले सञ्चालन गरेको मदिरा पसलमा अन्दाजी ४२ वर्षीय सदरे आलमलाई फेला पारी शरीर खानतलासी गर्दा निजको कमरमा भिरेको अवस्थामा एक राउण्ड गोलीसहित कटुवा पेस्तोल फेला परेको थियो ।

उनले सोही मदिरा पसलको पछाडिको खेतमा रहेको झ्याङमा गोली तथा नगद रुपैयाँ लुकाई-छिपाई राखेको खुल्न आएको छ ।

निज सदरे आलमलाई साथमा लिई उक्त स्थानमा खानतलासी गर्दा कटुवा पेस्तोलमा प्रयोग हुने लाइभ राउण्ड गोली ४ (चार) थान, ब्ल्याङ्क राउण्ड १ (एक) थान, कालो रङको पर्सभित्र भारतीय रुपैयाँ २४ हजार पाँच सय , नेपाली रुपैयाँ ३२ हजार पाँच सय तथा नाइट्राभेट ट्याबलेट २ (दुई) पिस बरामद भएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि उम्मेदवारको अन्तिम सूची सार्वजनिक
२०८३ असोज २१, बुधबार
पूर्वी जेरुसेलममा एकै पटक ६९ जना विस्थापित, सन् २००९ यताकै ठूलो घटना
२०८३ असोज २१, बुधबार
नेपाल-रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न
२०८३ असोज २१, बुधबार
रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान काभ्रेपलाञ्चोकमा सुरु
२०८३ असोज २१, बुधबार
सुदूरपश्चिम प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित
२०८३ असोज २१, बुधबार
प्रधान सेनापति सिग्देलद्वारा बेलायती उच्च सैनिक तथा सरकारी अधिकारीसँग भेटवार्ता
२०८३ असोज २१, बुधबार
स्क्रब टाइफस ७४ जिल्लामा फैलियो, १० हजारभन्दा बढी संक्रमित
२०८३ असोज २१, बुधबार