मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

जनस्वास्थ्य मापदण्ड पालना गराउन सरकारलाई डा. रविन्द्र पाण्डेको यस्तो सुझाब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैंः शुक्रबार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ ।

संक्रमितहरुको संख्या निरन्तर बढिरहेको अवस्थामा जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले जनस्वास्थ्य मापदण्ड पालना गराउन, अनुगमन र निगरानी प्रभावकारी बनाउन गृह मन्त्रालयलाई विशेष अभियान सञ्चालन गर्न सुझाव दिएका छन् ।

काठमाडौं उपत्यकालगायतका आइसियु बेड तथा आइसोलेसन बेडको अभाव भएकाले गृहमन्त्रालयलाई विशेष अभियान सञ्चालन गर्न उनको सुझाव छ ।

१. जनस्वास्थ्यका मापदण्ड पालना गराउन, अनुगमन र निगरानी प्रभावकारी बनाउन गृह मन्त्रालयले बिशेष अभियान संचालन गरोस् स्वास्थ्य मन्त्रालयले परिक्षण ब्यापक गर्ने, हरेक अस्पताललाई चुस्त राख्ने, आबश्यकता अनुसार ठूला अस्पताल तथा मेडिकल कलेजलाई कोरोना डेडिकेटेड अस्पताल बनाउने काम गरोस् ।

२. सेनालाई १ हजार बेडको कोभिड डेडिकेटेड अस्पताल ९ प्रिफ्याबको, अस्थायी ० तथा १० हजार बेडको आइसोलेसन केन्द्र बनाउन सरकारले स्थान, साधन, स्रोत र छोंटो समय प्रदान गरोस् ।

३. महानगरले ५ हजार बेडको आइसोलेसन केन्द्र बनाउने भनेको थियो, त्यो कार्यान्वयन होस् ।

४. हामी आम नागरिक सम्भव भएसम्म घरबाहिर निस्किने नगरौं १ सामान्य भ्हउयकगचभ ले पनि धेरै व्यक्ति संक्रमित भएका छन्, अस्पताल भरिभराउ छन् ।

५. घरबाहिर निस्किन अनिबार्य भएमा सहि तरिकाले मास्क लगाऔं, जसरी सम्भव हुन्छ, व्यक्तिगत दुरी कायम गरौँ, भीडमा जाने दुस्साहस नगरौं ।

६. जसरी ज्यान जोगाउन तालचरा साइबेरियादेखि नेपाल आउँछन्, प्रतिकुल समयमा सर्पलगायत सरिसृप दुलोभित्र बस्छन्, जंगली जनावर कहिले यो देशमा त कहिले त्यो देशमा नेपालमा बसाइ सर्छन् । त्यसै गरेर महामारीबाट बच्न सुरक्षित ठाउँमा बसौं यो सम्पूर्ण प्राणिको प्राकृतिक तथा नैसर्गिक स्वभाव हो ।

७. ९० प्रतिशत संक्रमितलाई सामान्य लक्षण देखिएर वा सामान्य उपचारले निको हुन्छ  बाँकि ५ ५ लाई अप्ठ्यारो गरि निको हुन्छ्र बाँकी ५ प्रतिशत लाई आइसीयुको सेवा आबश्यक हुन्छ ।
कोरोनाले कसलाई कसरी आक्रमण गर्छ भन्ने कुरा थाहा हुँदैन । त्यो ५ प्रतिशतमा हामी जो कोहि पनि पर्न सक्छौं तसर्थ १०० प्रतिशत साबधानी अबलम्बन गरौँ । कोभिडलाई सामान्य नठानौं नेगेटिभ रिपोर्ट आउनु मात्र स्वस्थ हुनु हैन लंग कोभिड वा पोस्ट कोभिड सिन्ड्रोमका दीर्घकालीन असर देखिएका छन् ।

८. आधिकारिक सूचना र सल्लाह मात्र अनुसरण गरौँ भाइरसको स्वरूप र शक्ति परिवर्तनशील हुने तथा त्यहि परिवर्तन अनुसार बैज्ञानिक वा विज्ञको सल्लाह पनि समयानुकुल हुने भएकोले एकपटक भनेको कुरा अर्को पटकको लागि पनि कम उपयोगी हुन सक्छ  तसर्थ अपडेट हुने बानी बसालौं ।

९. राजनैतिक पार्टी, सामाजिक संस्था, क्लब, नागरिक समाज, शिक्षक, पत्रकार, स्वास्थ्यकर्मीलगायत सबै पेशा र संस्थाले जनचेतनाको लागि नागरिक परिचालन गरौँ ।

१०. महामारीको समयमा सकारात्मक सोंच, सहयोगी ब्यबहार तथा आशाबादी गुण नै ठूलो अस्त्र हो । तसर्थ आरोप प्रत्यारोप गर्नुभन्दा आफ्नो ठाउँबाट के सकिन्छ, कसरी सकिन्छ, योगदान गरौँ । सरकार र नागरिक जिम्मेवार तथा अनुशाशित बनौं । यहि एकताले नै हामीले कोरोना महामारीलाई परास्त गर्न सक्छौं ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार
केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बोलाउने एमालेको निर्णय
२०८३ मंग्सिर १, मंगलबार
सभामुख अर्यालसँग फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्षद्वारा शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर १, मंगलबार
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार