भाद्र ९, २०८३ मंगलबार August 25, 2026

रास्वपा सांसद अमरेश सिंह चीन प्रस्थान

सिंहसँगै अन्य तीन–चार जना सांसद पनि भ्रमणमा सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंह चारदिने भ्रमणका लागि बुधबार चीन प्रस्थान गरेका छन्।

सिंहको स्वकीय सचिव रञ्जित झाले सांसद सिंह चीन गएको पुष्टि गर्दै उनी शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको जानकारी दिए। उनका अनुसार सिंहसँगै अन्य तीन–चार जना सांसद पनि भ्रमणमा सहभागी भएका छन्।

यद्यपि, भ्रमणको उद्देश्य, कार्यक्रम तथा भ्रमणको औपचारिक एजेन्डा’bout भने आफूलाई कुनै जानकारी नभएको स्वकीय सचिव झाले बताएका छन्।

सांसद सिंहको यो भ्रमणलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारप्रति उनले असन्तुष्टि व्यक्त गर्दै आएका थिए। साथै, चितवनमा सम्पन्न रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा पनि उनी अनुपस्थित रहेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डिष्ट्रिक्ट ३२५ के, नेपालले असोज पहिलो साता लायन्स लिडरशिप क्याम्प आयोजना गर्ने
२०८३ भाद्र ९, मंगलबार
दुई दशकदेखि लोकसंगीतमा सानु सुर्खाली, तीजमा ल्याइन् ‘यो साल माइती आइन’ (भिडियो)
२०८३ भाद्र ९, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ भाद्र ९, मंगलबार
सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार
२०८३ भाद्र ८, सोमबार
तिब्बती निर्वासित सरकारका राष्ट्रपतिको चेक गणतन्त्रका राजदूतसँग भेटवार्ता
२०८३ भाद्र ८, सोमबार
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार