भाद्र ९, २०८३ मंगलबार August 25, 2026

तिब्बती निर्वासित सरकारका राष्ट्रपतिको चेक गणतन्त्रका राजदूतसँग भेटवार्ता

चीनसँग शान्तिपूर्ण संवादमार्फत तिब्बती जनतालाई वास्तविक स्वायत्तता प्राप्त गराउने नीतिबारे पनि छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । भारतको राजधानी नयाँदिल्लीस्थित चेक गणतन्त्रको दूतावासमा तिब्बती निर्वासित सरकारका राष्ट्रपतीय प्रमुख पेन्पा छिरिङले भारतका लागि चेक गणतन्त्रकी राजदूत **डा. एलिस्का जिगोभा (Dr. Eliska Zigova)सँग भेटवार्ता गरेका छन्। राजदूत जिगोभाको भारतस्थित कार्यकाल समाप्त हुन लागेको अवसरमा भएको उक्त भेटवार्तामा करिब एक घण्टा छलफल भएको जनाइएको छ।

May be an image of studying and tableभेटवार्तामा विशेषगरी चीन सरकारले तिब्बतमा लागू गरिरहेका जातीय तथा सांस्कृतिक समायोजनसम्बन्धी नीतिहरू, त्यसका लागि ल्याइएका कानुनी प्रावधान तथा त्यस्ता नीतिले तिब्बती जनताको पहिचान, संस्कृति र अस्तित्व संरक्षणमा पार्न सक्ने प्रभावबारे छलफल भएको थियो।

त्यसैगरी विश्वमा बदलिँदो भूराजनीतिक तथा शक्ति सन्तुलन, तिब्बती जनताको वर्तमान अवस्था र तिब्बती निर्वासित सरकारले अघि सारेको ‘मध्यमार्ग’  अन्तर्गत चीनसँग शान्तिपूर्ण संवादमार्फत तिब्बती जनतालाई वास्तविक स्वायत्तता प्राप्त गराउने नीतिबारे पनि छलफल भएको थियो।

भेटका क्रममा पेन्पा छिरिङले तिब्बती समुदायलाई निरन्तर सहयोग र समर्थन गरेकोमा राजदूत जिगोभाप्रति धन्यवाद व्यक्त गर्दै खादा र हरित तारा (Green Tara) को थाङ्का चित्र उपहारस्वरूप प्रदान गरेका थिए।

May be an image of one or more people and textराजदूत जिगोभाले तिब्बती जनता तथा तिब्बती निर्वासित सरकारले शान्ति, संवाद, लोकतन्त्र र मानवअधिकारका मूल्य–मान्यताको संरक्षणका लागि गर्दै आएको प्रयासप्रति आफ्नो समर्थन निरन्तर रहने प्रतिबद्धता दोहोर्‍याएको सूचनामा उल्लेख छ।

पेन्पा छिरिङले राजदूत जिगोभाको आगामी कार्यकाल तथा भविष्यका सबै गतिविधिको सफलताको शुभकामना दिँदै तिब्बती समुदायसँग लामो समयदेखि कायम राखेको सम्बन्ध र सहयोगका लागि प्रशंसा तथा धन्यवाद व्यक्त गरेका छन्।

भेटवार्तामा पेन्पा छिरिङसँगै नयाँदिल्लीस्थित तिब्बती प्रतिनिधि कार्यालयका प्रतिनिधि जिग्मे छिरिङ, प्रतिनिधि कार्यालयका सचिव तासी डेकी तथा स्वागतसम्बन्धी जिम्मेवारीमा रहेका तेन्जिन पासाङलगायत सहभागी रहेको जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई दशकदेखि लोकसंगीतमा सानु सुर्खाली, तीजमा ल्याइन् ‘यो साल माइती आइन’ (भिडियो)
२०८३ भाद्र ९, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ भाद्र ९, मंगलबार
सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार
२०८३ भाद्र ८, सोमबार
तिब्बती निर्वासित सरकारका राष्ट्रपतिको चेक गणतन्त्रका राजदूतसँग भेटवार्ता
२०८३ भाद्र ८, सोमबार
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
एमालेका नेता बादल र रास्वपाकी सांसद इन्दिराले बोलेका अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन
२०८३ भाद्र ८, सोमबार