असोज ३१, २०८३ शनिबार October 17, 2026

प्रतिनिधिसभा : नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग

युरोपमाभन्दा बढी कर तिरेर सोमालियामा जस्तै पाउन नागरिक बाध्य भएको राप्रपा सांसद शाहीको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २६ असार : सांसदहरुले सरकारसँग गणेश नेपालीको आत्मदाहको प्रयास र उहाँको निधन भएको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षीसहित विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सांसद वासना थापालाई वासना थापालाई समय दिनुभएको थियो ।

थापाले मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार गरेको आत्मदाह प्रयासमा सरकार किन मौन भनी प्रश्न गर्नुभयो ।

साथै उहाँले हरियो रङको बसलाई निलो बनाएर कसैको पनि सुरक्षा नहुने उहाँको भनाइ थियो । सुकुमवासीलाई पनि नदीमा हाम फाल्न बाध्य हुनुपर्ने वातावरण बनाइएको सांसद थापाले बताउनुभयो ।

सांसद भूमिका लिम्बू सुब्बाले पनि गणेश नेपालीमाथि मोटरसाइकल पार्किङ गरेका कारण रु १० हजार जरिवाना गरिएकै कारण आत्मदाहको प्रयास गरेको भन्दै यस्तो वातावरण बनाउनु दुःखद् भएको बताउनुभयो । नागरिकलाई किन मर्न बाध्य बनाइँदै छ भनी उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

सांसद पार्वती विकले गणेश नेपालीजस्ता नागरिकले जिउँदै जलेर मर्नुपर्ने अवस्था आएको भन्दै उहाँले मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गर्नुभयो । सांसद राधिका रम्तेलले पनि मृतक नेपालीको घटनाका विषयमा छानबिन हुनुपर्ने पनि उहाँले बताउनुभयो ।

सांसद ज्ञानबहादुर शाहीले गरिब, दुःखी जनता राजधानीमा बाँच्न नसक्ने वातावरण बनेको बताउनुभयो । सुविधा र व्यवस्था हुनेखानेका पक्षमा मात्र रहेको उहाँले सुनाउनुभयो । युरोपमाभन्दा बढी कर तिरेर सोमालियामा जस्तै पाउन नागरिक बाध्य भएको सांसद शाहीको भनाइ थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया