श्रावण ३१, २०८३ आइतबार August 16, 2026

मधेश प्रदेशमा बजेट गतिरोध अन्त्य गर्न कार्यदल गठन

उपेन्द्र महतो, हरिनारायण महतो, जंगीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, बिमला अन्सारी तरुन्म र सरिताकुमारी ठाकुर सदस्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटलाई लिएर व्यवस्थापिका र कार्यपालिकाबीच देखिएको असमझदारी हटाउन अन्ततः कार्यदल गठन गरिएको छ। प्रतिपक्षी दलहरूको लगातारको अवरोधपछि उत्पन्न गतिरोध समाधानका लागि प्रदेशसभाले सर्वदलीय कार्यदल गठन गरेको हो।

आइतबार बसेको मधेश प्रदेशसभाको बैठकमा सभामुख रामअशिष यादवले आजैका मितिदेखि कार्य प्रारम्भ गर्ने गरी ७ सदस्यीय कार्यदल गठन भएको घोषणा गरे। कार्यदलमा प्रदेशसभा सदस्यहरू उपेन्द्र महतो, हरिनारायण महतो, जंगीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, बिमला अन्सारी तरुन्म र सरिताकुमारी ठाकुर रहेका छन्। यस कार्यदलले आफ्नो कार्यविधि आफैं निर्माण गरी बजेटमा देखिएका असन्तुष्टि सम्बोधनको साझा खाका तयार पार्नेछ।

गएको असार १ गते अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षका लागि कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै कुल ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।

उक्त विनियोजन विधेयकमाथि छलफल गर्न असार १७ गते आह्वान गरिएको बैठकमा प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बजेट संशोधनको माग गर्दै संसद् अवरुद्ध गरेका थिए। प्रतिपक्षको अवरोधपछि सभामुखले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए, जुन समस्या समाधान गर्न कार्यदल गठन गरिएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार