मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

चिकित्सक संघद्धारा आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड बाहेकका सेवा बहिष्कार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोभिडबाहेकका सेवा बहिष्कार गर्ने जनाएको छ ।

नेपाल चिकित्सक संघले डा गोविन्द केसीको जीवनरक्षाका लागि सरकारले ध्यान आर्कशण नगरेको र वार्ता र संवादलाई औपचारिकतामात्रै सीमित गरेको भन्दै गुनासो गरेको छ ।

शनिबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोभिडबाहेकका सबै सेवा बहिष्कार गर्ने घोषणा गरेको छ ।

चिकित्सक संघद्वारा जारी विज्ञप्ति अनुसार ‘२२ गते बिहीबारको वार्ता सकारातमक रुपमा अगाडि बढेको हुनाले असोज २३ गते शुक्रबार स्थगित गरिएको कार्यक्रम २०७७ असोज २५ गते आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड १९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरिएको छ । संघले आइतबारसम्म पनि सत्याग्रहको अन्तय नभएमा कडाभन्दा कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत सरकारलाई दिएको छ ।

चिकित्सा शिक्षाको सुधारको माग गर्दै २७ दिनदेखि आमरण अनशनरत डा गोविन्द केसीलाई यसअघि आजै सरकारी वार्ता टोलीले अनशन अन्त्य गर्न आग्रह गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार
केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बोलाउने एमालेको निर्णय
२०८३ मंग्सिर १, मंगलबार
सभामुख अर्यालसँग फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्षद्वारा शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर १, मंगलबार
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार