असार २४, २०८२ मंगलबार July 8, 2025

भारतमा कोरोना संक्रमितको संख्या ७० लाख माथी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतमा आइतबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७० लाख नाघेको छ । साथै कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख ८ हजार ३३४ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा गत २४ घण्टामा ७४ हजार ३८३ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण ९१८ जनाको मृत्यु भएको छ । गत १३ दिन अर्थात सेप्टेम्बर १८ बाट अक्टोबर २८ सम्म कोभिड १९ सङ्क्रमितको संख्या दश लाख बढेको पनि समाचारमा जनाइएको छ ।

अझै पनि भारतभरी ८ लाख ६७ हजार ४६९ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६० लाख ७७ हजार ९७६ सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन ।

कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा ८ करोड ६८ लाख ७७ हजार २४२ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर) ले जानकारी दिएको छ ।

शनिबार एकै दिनमा पनि १० लाख ७८ हजार ५४४ व्यक्तिको कोरोना भाइरस सङ्क्रमण परिक्षण गरिएको पनि आइसीएमआरले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार