श्रावण २, २०८३ शनिबार July 18, 2026

मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन

भोली आइतबार खुलालु–कोल्टी–सिमकोट सडक हुँदै बाजुराको कोल्टी प्रस्थान गरी सडक अनुगमन तथा निरीक्षण गर्ने कार्यतालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली, २ साउन : कर्णालीको सडक पूर्वाधारको अवस्था अनुगमन तथा निरीक्षण गर्न पूर्वाधार विकासमन्त्री सुनिल लम्साल शुक्रबार कालीकोट पुग्नुभएको छ ।

सडकको अवस्थाबारे आज सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुखसहित कर्मचारीसँग संक्षिप्त जानकारी लिएलगत्तै मन्त्री लम्साल कर्णाली राजमार्ग दैलेख हुँदै कालिकोट पुग्नुभएको प्रतिनिधिसभा सांसद रमेशकुमार सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री लम्सालले आज शनिबार कालिकोट–नाग्म–गमगढी सडक र आइतबार खुलालु–कोल्टी–सिमकोट सडक हुँदै बाजुराको कोल्टी प्रस्थान गरी सडक अनुगमन तथा निरीक्षण गर्ने कार्यतालिका रहेको छ ।

ती सडकको निरीक्षण सकेलगत्तै उहाँ नेपाल–चीन सीमानाका हिल्सा र हुम्लाको सिमकोटसम्मको सडक सञ्जालको निरीक्षणमा पुग्ने सांसद सापकोटाले बताउनुभयो । स्थलगत अनुगमन तथा निरीक्षणको यात्रामा हिड्नुभएको मन्त्री लम्सालले जनताको दुःख जनताकै क्षेत्रमा आएर सुन्ने र त्यही मुताबिक योजना बनाएर सरकार अगाडि बढ्ने लक्ष्यका साथ कर्णाली आउनुभएको बताइएको छ ।

कर्णालीका छ र सुदूरपश्चिमको बाजुरा जिल्लाको सडक पूर्वाधारलाई सुरक्षित बनाउन नयाँ आर्थिक वर्षको पहिलो दिनमै मन्त्री आफैँ राजमार्ग र सडक सञ्जालको अवस्था बुझ्न स्थलगत रुपमै निस्किनुले जनतामा सकरात्मक सन्देश प्रवाह भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया