श्रावण २, २०८३ शनिबार July 18, 2026

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेद, पञ्चकर्म तथा योग सेवाको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २ साउनः स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज बूढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रको अनुगमन गर्दै केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले केन्द्रबाट प्रवाह भइरहेका सेवा, उपलब्ध पूर्वाधार तथा भावी योजनाबारे जानकारी लिनुका साथै सेवा विस्तार, गुणस्तर अभिवृद्धि र केन्द्रको समग्र विकासका विषयमा पदाधिकारीसँग छलफल गरेपछि उक्त कुरामा जोड दिनुभएको हो ।

मन्त्री मेहताले राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेद, पञ्चकर्म तथा योग सेवाको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । केन्द्रमा उपलब्ध सेवाबारे प्रचारप्रसार गर्नुपर्ने उहाँको कथन थियो ।

केन्द्रलाई मन्त्रालयबाट हरसम्भव सहयोग हुने पनि उहाँले बताउनुभयो । मन्त्री मेहताले हर्रो, बर्रो, बोजोलगायत औषधीय जडीबुटीको उत्पादन, संरक्षण र उपयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै त्यसनिम्ति मन्त्रालयले सहयोग गर्ने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
के फ्रान्सले चौथो पटक लैजाला त विश्वकपको काँस्य पदक ?
२०८३ श्रावण २, शनिबार
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
२०८३ श्रावण २, शनिबार
राससकर्मी पौडेललाई ‘गाउँ पर्यटन पत्रकारिता पुरस्कार’
२०८३ श्रावण २, शनिबार
२१ दिनदेखि अनशनरत सोनम वाङचुकलाई दिल्ली प्रहरीले लग्यो अस्पताल
२०८३ श्रावण २, शनिबार
लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालको एड्भाइजरी काउन्सिल बैठक भोलिदेखि चितवनमा
२०८३ श्रावण २, शनिबार
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
२०८३ श्रावण २, शनिबार
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
२०८३ श्रावण २, शनिबार