श्रावण ५, २०८३ मंगलबार July 21, 2026

अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट

लागुऔषधसम्बन्धी २५ मुद्दा सबै फछ्र्योट भएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गत असार महिनामा विभिन्न अपराधसँग सम्बन्धित १३५ मुद्दा दर्ता भएकोमा ७७ फछ्र्योट भएका छन् ।

अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ विभिन्न २३ शीर्षकमा भएका अपराध दर्ताका मुद्दामध्ये सबैभन्दा बढी अभद्र व्यहार सम्बन्धी रहेकोमा सो मुद्दा शतप्रतिशत फछ्र्योट भएको छ । त्यस्तै लागुऔषधसम्बन्धी २५ मुद्दा सबै फछ्र्योट भएका छन् ।

असार महिनामा महिला बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ विभिन्न ४३ उजुरी परेकोमा ३५ फछ्र्योट भएको सूचना अधिकारी प्रनाउ माधवप्रसाद काफ्लेले जानकारी दिए।

यस अवधिमा घरेलु हिंसातर्फ ३६ उजुरी परेकोमा १९ मिलापत्र गराइएको भने तीन अदालत पठाइएको छ । असार महिनामा हराएका १७ महिलामध्ये १३ फेला परेका छन् भने छ पुरुष मध्ये तीन फेला परेका छन् । त्यस्तै १५ बालबालिका हराएकोमा १४ जना भेटिएका छन् ।

कार्यालयमा आएका १४६ ठाडो उजुरीमध्ये १४० फछ्र्योट भएको र जिल्ला प्रशासन कार्यालयबाट आएका १६ उजुरीमध्ये ११ फछ्र्योट भएको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
२०८३ श्रावण ५, मंगलबार
देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपतिले पठाए समवेदना सन्देश
२०८३ श्रावण ५, मंगलबार
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
२०८३ श्रावण ५, मंगलबार
नेपाल–रुस सम्बन्ध केवल कूटनीतिक आदानप्रदानमा मात्र सीमित छैन : नेता पुन
२०८३ श्रावण ५, मंगलबार
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत
२०८३ श्रावण ५, मंगलबार
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ श्रावण ५, मंगलबार
टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार
२०८३ श्रावण ५, मंगलबार