श्रावण ४, २०८३ सोमबार July 20, 2026

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ४ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । कोशी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरुमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । मधेस प्रदेश साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा तथा कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र र पर्यटन प्रवर्द्धनमा नेपाल-चीन सहकार्य विस्तार गर्ने सञ्चार मन्त्रीको प्रतिबद्धता
२०८३ श्रावण ४, सोमबार
एमाले बागमती ‘पर्ख र हेर’को नीतिमा
२०८३ श्रावण ४, सोमबार
त्रिभुवन विमानस्थलबाट अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद
२०८३ श्रावण ४, सोमबार
आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
२०८३ श्रावण ४, सोमबार
विवाद घर घरमा, मेलमिलाप पालिकामाविवाद घर घरमा, मेलमिलाप पालिकामा
२०८३ श्रावण ४, सोमबार
संयुक्त सरकार गठन गर्ने प्रस्तावमा कांग्रेसको अस्वीकार
२०८३ श्रावण ४, सोमबार
एक वर्षमा विदेशिए झण्डै आठ लाख नेपाली
२०८३ श्रावण ४, सोमबार