श्रावण १२, २०८३ मंगलबार July 28, 2026

‘पीएम नरेन्द्र मोदी’ फिल्म सिनेमा हलमै रिलिज हुने, लकडाउनपछि पहिलोपटक हलमा लाग्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भारतमा कोरोना महामारीका कारण सिनेमा हलहरु बन्द छन् । अब भने १५ अक्टोबरबाट हलहरु खुल्ने भएका छन् । जसमा लकडाउनपछि सिनेमाघरमा पहिलोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म ‘पीएम नरेन्द्र मोदी’  रिलिज हुने भएको छ । गतवर्ष नै रिलिज भइसकेको यो फिल्म एकपटक पुनः रिलिज हुन लागेको हो ।

अक्टोबर १५ का दिन भारतीय चलचित्र घरमा यो फिल्म पुनः देखाइनेछ । यसका लागि निर्माताले पुनः पोस्टर समेत सार्वजनिक गरिसकेका छन् । पीएम नरेन्द्र मोदी नामक चलचित्रमा विवेक ओबेरायले मोदीको भूमिका निर्वाह गरेका छन् । फिल्ममा मोदीको जीवन यात्रा वर्णन गरिएको छ ।

फिल्म गत वर्षको मे २४ मा रिलिज भएको थियो । फिल्मले त्यती राम्रो प्रतिक्रिया पाएको थिएन । फिल्मलाई ओमंग कुमारले निर्देशन गरेका छन् ।

बाल्यकालदेखि प्रधानमन्त्री बन्नेसम्मको यात्रा भएकाले विवेक ओबरायलाई फिल्ममा फरक फरक नौ भूमिकामा देख्न सकिनेछ । – एजेन्सी ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार