श्रावण ७, २०८३ बिहिबार July 23, 2026

तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान, लागुऔषध, जबर्जस्ती करणी, बैंकिङ कसुर, ठगीलगायत मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। गत वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका सात हजार २५१ फरार प्रतिवादीलाई पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार केन्द्रीय अनुसन्धान ब्युरोबाट ४८, काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट एक हजार २३२, कोशी प्रदेशबाट ९६०, मधेसबाट दुई हजार ११७, बागमतीबाट ७६०, गण्डकीबाट ४५२, लुम्बिनीबाट एक हजार १८१, कर्णालीबाट १८७ र सुदूरपश्चिमबाट ३१४ जना पक्राउ परेका छन् ।

सो अवधिमा पक्राउ परेका प्रतिवादीलाई तोकिएको दुई हजार ९३६ वर्ष चार महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको छ । साथै उनीहरूबाट रु ७२ करोड ४७ लाख १२ हजार जरिवाना असुल उपर गरिएको छ ।

फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउ कार्यलाई उच्च प्राथमिकतामा राखिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

कर्तव्य ज्यान, लागुऔषध, जबर्जस्ती करणी, बैंकिङ कसुर, ठगीलगायत मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया