मंग्सिर २, २०८३ बुधबार November 18, 2026

दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु

थाई सेनाले मृत्यु भएका सैनिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनीहरूको सेवा र बलिदान सधैँ सम्मानका साथ स्मरण गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बैङ्कक, ७ साउन (रासस\एएफपी): पृथकतावादी विद्रोहबाट प्रभावित दक्षिणी थाइल्यान्डमा सैनिक चौकीलाई लक्षित गरी गरिएको गोलीबारी र बम आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ । सेनाका अनुसार पछिल्ला केही वर्षयताकै सबैभन्दा घातकमध्ये एक मानिएको उक्त घटनामा छ जना सर्वसाधारण पनि घाइते भएका छन् ।

आक्रमण बुधबार साँझ मुस्लिम बहुल नारथिवाट प्रान्तको बुखे सामी सुरक्षा चौकीमा भएको हो । स्थानीय अधिकारीहरूका अनुसार घाइतेमध्ये खुट्टामा चोट लागेका १० वर्षीय बालकसमेत रहेका छन् । नारथिवाट प्रान्तका गभर्नर बुनचुए होम्यामिनले अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको जनाइएको छ ।

नारथिवाट प्रशासनले सार्वजनिक गरेको सिसिटिभी तस्बिरमा साँझ करिब ६ः४५ बजे कालो पोसाक लगाएका छ जना शङ्कास्पद व्यक्ति कालो पिकअप ट्रकमा घटनास्थल पुगेको देखिएको छ । घटनापछि उनीहरू छिमेकी जिल्लातर्फ फरार भएको र सुरक्षा निकायले व्यापक खोजी अभियान सञ्चालन गर्दै क्षेत्रलाई घेराबन्दी गरेको जनाएको छ ।

थाई सेनाका अनुसार टास्क फोर्स रेन्जर रेजिमेन्ट–४५ का सैनिकहरू स्थानीय बासिन्दाको सुरक्षा गरिरहेका बेला आक्रमणकारीहरूले चौकीमा अन्धाधुन्ध गोली चलाउनुका साथै पाइप बम प्रहार गरेका थिए र यसका कारण पाँच सैनिकको ज्यान गएको हो । घटनाको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन भने कसैलाई पक्राउ पनि गरिएको छैन ।

थाइल्यान्डका दक्षिणी नारथिवाट, याला र पट्टानी प्रान्तमा सन् २००४ देखि पृथकतावादी विद्रोह जारी छ । मुस्लिम बहुल यी क्षेत्रमा बढी स्वायत्तताको माग गर्दै सक्रिय विद्रोही समूहसँगको हिंसात्मक द्वन्द्वमा हालसम्म सात हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

यसअघि सन् २०१९ मा याला प्रान्तको एक सुरक्षा चौकीमा ग्रेनेड र गोली आक्रमण हुँदा स्थानीय सुरक्षाकर्मीसहित १५ जनाको मृत्यु भएको थियो । द्वन्द्वसम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने संस्था एसीएलइडीका अनुसार त्यस घटनामा बारिसन रिभोलुसी नेसनल (बीआरएन) संलग्न रहेको थाई अधिकारीहरूले बताएका थिए ।

एम्नेस्टी इन्टरनेसनलका मानवअधिकार अनुसन्धानकर्ता चानातिप तातियाकरुनवोङले यस क्षेत्रका अधिकांश आक्रमण सुरक्षाकर्मीलाई लक्षित हुने गरे पनि यसपटक सर्वसाधारण, विशेषगरी बालकसमेत घाइते हुनु र मानवीय क्षति बढी हुनु चिन्ताजनक भएको बताउनुभयो ।

थाई सेनाले मृत्यु भएका सैनिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनीहरूको सेवा र बलिदान सधैँ सम्मानका साथ स्मरण गरिने जनाएको छ ।

विपक्षी नेता नात्थाफोङ रुएङपान्यावुतले पनि घटनाको निन्दा गर्दै सरकारलाई सुरक्षा अवस्था तत्काल नियन्त्रणमा लिन, आक्रमणकारीको पहिचान गरी कानूनी कारबाही अघि बढाउन तथा पीडित र उनीहरूका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार