असोज १८, २०८१ शुक्रबार October 4, 2024

यौनदुर्व्यवहारको आरोप लागेका सभामुख महराले दिए राजीनामा (पत्रसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: संघिय संसदका सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजिनामा दिएका छन् ।

उपसभामुख डा. शिवमाया तुमहाम्फे समक्ष बुझाइएको राजीनामा पत्रमा उनले “आफ्नो  चरित्रमा गम्भिर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागी अनुसन्धान गर्न सहज होस भनी नैतिकताका आधारमा राजीनामा” दिएको उल्लेख गरेका छन् ।

यौनदुर्व्यवहारको आरोप लागेका महराले आफ्नै संसद सचिवालयमा कार्यरत स्वास्थ्य विभागकी महिला कर्मचारीलाइ बलात्कारको प्रयास गरेको खबर सञ्चारमाध्यममा भाइरल भएपछि २४ घण्टा नबित्दै राजिनामा दिएका हुन् ।

मंगलबार बिहान प्रधानमन्त्री निवाश बालुवाटारमा बसेको सचिवालय बैठकले महरालाई संसद र सभामुख दुबै पदबाट राजिनामा बुझाउन निर्देशन दिएको थियो ।

यद्दपी उनले पार्टी निर्णय बमोजिम  सभामुख पदबाट मात्र राजिनामा दिएका हुन् । उनको राजिनामा पत्रमा छानविन प्रक्रिया नसकिएम्मका लागि राजिनमा दिएको उल्लेख गरेका छन् । यसका सम्बन्धमा थप पुष्टी गर्दै उनका प्रेस सल्लाहकार डिल्ली मल्लले सभामुख पदबाटमात्र राजीनामा दिएको र पछि सभामुखकै जिम्मेवारीमा फर्कने बताएका थिए ।

सभामुख महराले उपसभामुख समक्ष बझाएको राजिनामा पत्रः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस
२०८१ असोज १९, शनिबार
ऊर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहर व्यवस्थापन
२०८१ असोज १९, शनिबार
इजरायलसँग बढ्दो द्वन्दकाबिच पहिलो चरणको सहायता सामग्री बोकेर राष्ट्रसङ्घको विमान लेबनानमा
२०८१ असोज १८, शुक्रबार
दाउन्नेको सडक भासिएपछी यातायात फेरि अवरुद्ध
२०८१ असोज १८, शुक्रबार
विश्व कराते च्याम्पियनसिपमा एरिका सहभागी हुँदै
२०८१ असोज १८, शुक्रबार
विश्व द्वन्द्वमा ‘दोहोरो भूमिका’ नखेल्न फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको चेतावनी
२०८१ असोज १८, शुक्रबार
मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिसन’
२०८१ असोज १८, शुक्रबार