श्रावण ८, २०८३ शुक्रबार July 24, 2026

एक वर्षमा काठमाडौंमा २,५८२ विरोध प्रदर्शन, सुरक्षा व्यवस्थापनमा ३९ हजारभन्दा बढी प्रहरी परिचालन

राजधानीमा एक वर्षमै २,५८२ विरोध प्रदर्शन, प्रहरीको वार्षिक तथ्यांक सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पछिल्लो एक वर्षमा काठमाडौंमा २ हजार ५८२ वटा विरोध प्रदर्शन भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २०८२ साउनदेखि २०८३ असार मसान्तसम्म राजधानीमा विभिन्न राजनीतिक, सामाजिक तथा पेशागत माग राख्दै विरोध प्रदर्शन, र्‍याली र जुलुस आयोजना भएका हुन्।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी पवन भट्टराई ले उक्त अवधिमा भएका विरोध प्रदर्शनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन ३९ हजार ८५४ जना प्रहरी परिचालन गरिएको जानकारी दिए। उनका अनुसार विरोध प्रदर्शनसँगै विभिन्न चाडपर्व, जात्रा तथा ठूला सार्वजनिक कार्यक्रम (मेगा इभेन्ट) को सुरक्षाका लागि पनि व्यापक रूपमा प्रहरी परिचालन गरिएको थियो।

एसपी भट्टराईले राजधानीको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन नियमित गस्ती, भीड व्यवस्थापन, ट्राफिक समन्वय तथा सुरक्षा निगरानीलाई थप सुदृढ बनाइएको बताए। उनले विरोध प्रदर्शनका क्रममा शान्ति–सुरक्षा कायम राख्दै नागरिकको संवैधानिक अधिकारको सम्मान गर्ने नीति अवलम्बन गरिएको पनि उल्लेख गरे।

यसै अवधिमा जिल्ला प्रहरी परिसर काठमाडौं र मातहतका कार्यालयबाट १ लाख ८२ हजार ६६४ जना सेवाग्राहीले विभिन्न प्रकारका प्रहरी सेवा लिएको तथ्यांक पनि सार्वजनिक गरिएको छ। ती सेवामा उजुरी दर्ता, निवेदन, चरित्र प्रमाणपत्र, हराएको कागजातसम्बन्धी सिफारिस, अनुसन्धान तथा अन्य प्रशासनिक सेवा समावेश रहेका छन्।

प्रहरीले सार्वजनिक गरेको तथ्यांकले राजधानीमा आन्दोलन तथा सार्वजनिक गतिविधिको चाप उच्च रहेको देखाएको छ भने त्यसको व्यवस्थापनका लागि ठूलो संख्यामा सुरक्षा जनशक्ति परिचालन गर्नुपरेको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एक वर्षमा काठमाडौंमा २,५८२ विरोध प्रदर्शन, सुरक्षा व्यवस्थापनमा ३९ हजारभन्दा बढी प्रहरी परिचालन
२०८३ श्रावण ८, शुक्रबार
दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा
२०८३ श्रावण ८, शुक्रबार
अनसनरत डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न व्यवस्थापन समितिको पत्र
२०८३ श्रावण ८, शुक्रबार
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
२०८३ श्रावण ८, शुक्रबार
स्वकीय सचिव नियुक्तिमा पार्टीको अन्तिम स्वीकृति अनिवार्य
२०८३ श्रावण ८, शुक्रबार
सांसदले स्वकिय सचिव राख्ने निर्णय बिरूद्द सर्वोच्चमा दुई रिट दायर
२०८३ श्रावण ८, शुक्रबार
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक
२०८३ श्रावण ८, शुक्रबार