श्रावण ११, २०८३ सोमबार July 27, 2026

सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय

प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सबैले आआफ्नो तहबाट प्रभावकारी प्रयास गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको बसेको सर्वदलीय बैठकले सबैलाई सामाजिक सद्भाव कायम राख्न आह्वान गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकमा देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाका सम्बन्धमा प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सबैले आआफ्नो तहबाट प्रभावकारी प्रयास गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिनुभयो ।

अहिले देवानगञ्ज, घुस्की, कप्तानगञ्ज, भुटहा र हरिनगरा बजार क्षेत्रमा स्थानीय प्रशासनले बिहान ७ बजेदेखि निषेधज्ञा जारी गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले घटना प्रभावित क्षेत्रमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रशासनले आवश्यक सुरक्षा समयन्त्र परिचालन गरेको र हाल त्यहाँको जनजीवन सामान्य बन्दै गएको बताउनुभयो ।

कप्तानगञ्जमा गए राति दुई समूहबीचको विवाद सिर्जनापछि भएको झडपको घटनामा गोली लागेर घाइते भएका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारको क्रममा निधन भएको थियो । बैठकमा जिल्लास्थितका प्रमुख राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाको सहभागिता थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता
२०८३ श्रावण ११, सोमबार
सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय
२०८३ श्रावण ११, सोमबार
‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
२०८३ श्रावण ११, सोमबार
एमालेका नेता बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा
२०८३ श्रावण ११, सोमबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई १८ महिनाको जेल सजाय
२०८३ श्रावण ११, सोमबार
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
२०८३ श्रावण ११, सोमबार
जब अभिनेत्रीलाई आफ्नै श्रीमानले निर्देशकहरूसँग सुत्न दबाब दिए…
२०८३ श्रावण ११, सोमबार