श्रावण १४, २०८३ बिहिबार July 30, 2026

शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचानसम्बन्धी तालिम दिइने

अभियानका लागि हालसम्म जिल्लाभरका ७१ वटा प्रहरी युनिटका ‘फोकल पर्सन’लाई तालिम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भद्रपुर (झापा), १४ साउनः झापामा विद्यालय तहबाट लागुऔषध दुर्व्यसन रोकथामलाई प्रभावकारी बनाउने उद्देश्यले शिक्षकलाई दुर्व्यसनका प्रारम्भिक लक्षण पहिचान, आधारभूत परामर्श तथा आवश्यक सहयोगसम्बन्धी तालिम प्रदान गरिने भएको छ । जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरिरहेको ‘लागुऔषधविरुद्ध झापा अभियान’ अन्तर्गत शिक्षकलाई लक्षित गरी उक्त तालिम सञ्चालन गर्न लागिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक वसुन्धरा खड्काका अनुसार शिक्षकले विद्यार्थीमा देखिने दुर्व्यसनका प्रारम्भिक सङ्केत समयमा पहिचान गर्न सक्ने, आवश्यक प्रारम्भिक परामर्श दिन सक्ने र सम्बन्धित निकायसम्म समन्वय गर्न सक्ने क्षमता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिनेछ । यससँगै युवालाई लक्षित सचेतनामूलक कार्यक्रमसमेत अघि बढाइने उहाँले बताउनुभयो ।

प्रहरीका अनुसार अभियानका लागि हालसम्म जिल्लाभरका ७१ वटा प्रहरी युनिटका ‘फोकल पर्सन’लाई तालिम दिइसकिएको छ । अभियानअन्तर्गत बिर्तामोड नगरपालिकासँगको सहकार्यमा सामुदायिक तथा संस्थागत विद्यालयमा लागुऔषधविरुद्ध सचेतनामूलक सामग्री र सूचनाका पोस्टर वितरण गरिएको छ ।

बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले लागुऔषधमुक्त समाज निर्माणका लागि स्थानीय तह, विद्यालय, अभिभावक र सुरक्षा निकायबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । प्रहरीका अनुसार झापामा हाल थुनामा रहेका ९३ जनामध्ये करिब ८० प्रतिशत लागुऔषधसम्बन्धी मुद्दाका अभियुक्त छन् । आर्थिक अपराधपछि जिल्लामा सबैभन्दा बढी दर्ता हुने मुद्दा पनि लागुऔषधसम्बन्धी रहेको प्रहरीले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धनुषामा शुक्रबार सबै निजी विद्यालय बन्द, कर्फ्युका कारण पठनपाठन स्थगित
२०८३ श्रावण १४, बिहिबार
सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण १४, बिहिबार
हिंसा र विभाजनको राजनीति रोक्न ओलीको सबै पक्षलाई आह्वान
२०८३ श्रावण १४, बिहिबार
अमेरिका– इरानलाई इस्लामाबाद सम्झौतामा फिर्ता ल्याउने प्रयासमा पाकिस्तान
२०८३ श्रावण १४, बिहिबार
शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचानसम्बन्धी तालिम दिइने
२०८३ श्रावण १४, बिहिबार
राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त
२०८३ श्रावण १४, बिहिबार
गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहता सुनसरी जाँदै
२०८३ श्रावण १४, बिहिबार