काठमाडौँ, १४ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुलुकमा पछिल्ला दिनमा विकसित राजनीतिक, सामाजिक तथा सुरक्षा अवस्थाका विषयमा प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्न लागेका हुन्।
प्रधानमन्त्रीको सम्बोधनमा देशका विभिन्न क्षेत्रमा देखिएको तनाव, शान्ति–सुरक्षा, सामाजिक सद्भाव तथा सरकारका आगामी कदमबारे धारणा सार्वजनिक हुने अपेक्षा गरिएको छ। साथै, समसामयिक राष्ट्रिय मुद्दा, सरकारको प्राथमिकता र नागरिकलाई संयमता अपनाउन गरिने आग्रहसमेत सम्बोधनको मुख्य विषय बन्न सक्ने जनाइएको छ।
पछिल्ला घटनाक्रमका कारण मुलुकको सुरक्षा अवस्था संवेदनशील बनेको र विभिन्न राजनीतिक दल तथा सरोकारवालाले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न आह्वान गरिरहेका बेला प्रधानमन्त्रीको सम्बोधनलाई विशेष महत्वका साथ हेरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया