असोज ९, २०८३ शुक्रबार September 25, 2026

वैकल्पिक सिकाइ मूल्यांकनको तयारी गर्दै विद्यालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः कोरोना महामारीकै बेला सुरु भएको शैक्षिक सत्रको आधा वर्ष सकिए पनि विभिन्न माध्यमबाट वैकल्पिक सिकाइ चलिरहेको छ । यस्तो सिकाइ प्रभावकारी भए/नभएबारे सरकारले कुनै मापन भने गरेको छैन ।

अनलाइन कक्षा, रेडियो, टेलिभिजनजस्ता दूरशिक्षालाई कार्यान्वयन गरिए पनि सबैको पहुँचमा पुगेकै छैन । कोरोना महामारीको अवस्थामा पाठ्यक्रम विकास केन्द्रले दुई पटकसम्म विद्यार्थीको सिकाइ मूल्यांकन गरेर कक्षा उत्तीर्ण गर्न भनेको छ ।

‘वैकल्पिक सिकाइ मूल्यांकनका आधार र तयारी’ विषयमा शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘शिक्षा बार’ कार्यक्रममा केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराई विद्यालयहरूले विद्यार्थीको सिकाइ मूल्यांकन यस पटक पाठ्यपुस्तकमा भन्दा बढी खुला किताबको सिकाइबाट लिन ढाँचा तयार पारिएको बताउँछन् ।

‘यो शैक्षिक सत्रभरि आगामी मंसिर र चैतमा गरेर दुई पटक मूल्यांकन गर्न भनेका छौं । मूल्यांकनका लागि विषय शिक्षक, प्रधानाध्यापक रस्थानीय विज्ञको आधिकारिक समिति बनाएर गर्न सकिनेछ,’ उनले भने ।

भट्टराईका अनुसार केन्द्रले तयार पारेको मूल्यांकनको ढाँचाअन्तर्गत विभिन्न ५ तरिका (अनलाइन, रेडियो सुनेर, टिभी हेरेर, घरकै परिवारले पढाएर आदि) बाट विद्यार्थीको सिकाइ गरिरहेकाले सोहीअनुसार मूल्यांकन गरी ग्रेडिङ निर्धारण गर्न सकिनेछ ।

विद्यालयले मूल्यांकन गर्ने विभिन्न ५० प्रकारका विधि भए पनि जुनसुकैबाट गर्दा प्रमाण भने राख्न उनले सुझाए ।  विद्यालयले भौतिक दूरी कायम गरेर पनि विद्यार्थीको परीक्षा लिन पाउने स्थिति नभएकाले अवस्था हेरेर शिक्षक आफैं टोल–टोल पुगेर स–सानो समूह बनाएर नमुना प्रश्नपत्र भराउने र मौखिक परीक्षा लिएर मूल्यांकन गर्ने भनिएको  छ ।
विद्यार्थीलाई विभिन्न माध्यमबाट दिएको गृहकार्य र प्रोजेक्ट वर्कको आधारमा समेत मूल्यांकन गर्न सकिने उनको भनाइ छ ।

केन्द्रले दिएका विभिन्न ढाँचामार्फत मूल्यांकन गर्न विद्यालयहरूले तयारी गरिरहेका छन् । यसै क्रममा ओखलढुंगाको रुम्जाटार माविले असोज १ गतेबाट शिक्षकहरूलाई विद्यालयमा उपस्थित भएर विद्यार्थीको सिकाइ मूल्यांकन गर्न सहजीकरण गरिरहेको छ ।

रुम्जाटार माविका प्रधानाध्यापक गोकर्ण बानिया वैकल्पिक सिकाइ मूल्यांकनको आधार विद्यार्थीहरूलाई किताब र यसबाहेकका खुला प्रश्न गरेर प्रोजेक्ट वर्क गर्न लगाएको सुनाउँछन् । ‘अनलाइनमा पहुँच भएकालाई अनलाइनबाटै पढाउदै आएको र मूल्यांकन पनि त्यसैबाट गरिने तर पहुँच नभएका, प्रोजेक्ट वर्क गर्न असमर्थलाई विद्यालयमा भौतिक दूरी कायम गरेर परीक्षा लिने तयारी भइरहेको छ,’ उनले भने ।

सुर्खेत लेकबेंसीको चन्द्रपुर माविले पनि केन्द्रले भनेअनुसारको मूल्यांकन ढाँचा अपनाएको दाबी गरेको छ । बन्दाबन्दी खुलेपछि कोभिडको प्रकोप झनै बढेकाले लेकबेंसी क्षेत्र शिल भए पनि विद्यालयकी प्रधानाध्यापक हरिमाया कोइराला विद्यार्थीको सिकाइ मूल्यांकन गर्ने तयारी भइरहेको बताउँछिन् । उनका अनुसार सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगिसकेको छ ।

यो क्षेत्रमा अनलाइनको पहुँच छैन ।  शिक्षकहरू नै घरदैलो कार्यक्रममार्फत दुई पटकसम्म घरघर पुगे,’ उनले भनिन्, ‘अब नमुना प्रश्नपत्रको सेट बनाएर लेख्न दिने र यसलाई संकलन गर्ने तयारीमा छौं । गृहकार्य गरेको आधारमा पनि मूल्यांकन गर्छौं ।’ राजधानी काठमाडौंको महाराजगञ्जस्थित शिवपुरी माविले अनलाइन कक्षा सञ्चालन गर्दै आएको छ । साथै, यो शैक्षिक सत्र खेर नजाने र विद्यार्थीलाई मानसिक तनाव नहुने गरी सिकाइ मूल्यांकन गर्ने तयारी रहेको विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीले बताए । उनका अनुसार कक्षा १ देखि ३ कक्षासम्मका बालबालिकालाई भाइवा लिने तथा गृहकार्यअनुसार मूल्यांकन गरिनेछ । ‘यसबाहेक ४ कक्षामाथिका सबै विद्यार्थीलाई गुगल क्लास रुमबाट कक्षा सञ्चालन गर्दै आएकाले यसैबाट परीक्षा दिएर मूल्यांकन गर्ने तयारीमा छौं,’ उनले भने, ‘यसबाहेक विद्यालयले अध्ययन गरेर फरक खालको एप्स राख्ने योजनासमेत बनाएको छ ।’

सामुदायिक विद्यालयबाहेक प्रायः निजी विद्यालयहरूले पनि वैकल्पिक सिकाइको परीक्षा लिन थालेका छन्  । अभियान दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः स्वास्थ्यमन्त्री मेहता
२०८३ असोज ९, शुक्रबार
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार