श्रावण १६, २०८३ शनिबार August 1, 2026

सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्री आचार्यको आग्रह

सामाजिक, धार्मिक र जातीय सद्भाव कायम राख्न प्रदेशवासीमा अपिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकता कायम राख्दै सुरक्षा निकायलाई उच्च संवेदनशीलताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज बसेको लुम्बिनी प्रदेश सुरक्षा समितिको भचुर्अल बैठकमा मुख्यमन्त्री आचार्यले पछिल्लो समय तराई–मधेसका केही जिल्लामा घटेका घटना दोहोरिन नदिन र शान्ति सुरक्षा कायम राख्न आपसी सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिँदै सुरक्षा निकाय थप संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत हुने दुष्प्रचार, अफवाह र उत्तेजनात्मक गतिविधिमाथि प्रभावकारी निगरानी बढाउन पनि उहाँले निर्देशन दिनुभयो ।

मुख्यमन्त्री आचार्यले सबै सुरक्षा निकायका प्रतिनिधि उच्च मनोबलका साथ परिचालित भइरहेका उल्लेख गर्दै आवश्यक समन्वय र सही सूचनाको आदानप्रदानलाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख तथा बाँके, कपिलवस्तु, बर्दिया, रुपन्देही र नवलपरासी (पश्चिम) का प्रमुख जिल्ला अधिकारीले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्था, सामाजिक सद्भावसँग सम्बन्धित विषय र सम्भावित जोखिमबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यसैबीच आज बिहान मुख्यमन्त्री आचार्यले सामाजिक, धार्मिक र जातीय सद्भाव कायम राख्न प्रदेशवासीमा अपिल गर्नुभएको छ । कोशी प्रदेशको सुनसरीको देवानगञ्जसहित क्षेत्रमा हालै भएका घटनापछि उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै उहाँले आपसी संयमता अपनाउन सबैमा आग्रह गर्नुभएको हो ।

मुख्यमन्त्री आचार्यद्वारा जारी अपिलमा समाजमा शान्ति, अमनचैन र आपसी भाइचारा कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ । उहाँले घटनामा ज्यान गुमाउनुहुनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ भने घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

घटनापछि उत्पन्न विषम परिस्थितिलाई सामान्य बनाउन तीन तहका सरकार र सम्बन्धित निकायबाट प्रभावकारी प्रयास भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले नागरिकलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्ने अवस्था सिर्जना गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्वमा रहेका सबै अमेरिकीलाई मध्यपूर्वबाट ‘प्रस्थान गर्ने सोच बनाउन’ दूतावासहरूद्वारा आग्रह
२०८३ श्रावण १६, शनिबार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ: सभापति थापा
२०८३ श्रावण १६, शनिबार
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
२०८३ श्रावण १६, शनिबार
रोमको पानी मुनीको शहरको अस्तित्व खतरामा, पर्यटकलाई हुन सक्छ निषेध
२०८३ श्रावण १६, शनिबार
प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त
२०८३ श्रावण १६, शनिबार
सहकारी ठगीको मुद्दा हेर्न ‘समर्पित इजलास’ गठन गर्न अनुरोध
२०८३ श्रावण १६, शनिबार
कीर्तिमानी पर्वतारोही पुर्जाको निधन
२०८३ श्रावण १६, शनिबार