श्रावण १८, २०८३ सोमबार August 3, 2026

प्रदेश प्रमुख भट्टद्वारा गाँजासम्बन्धी विधेयक प्रमाणीकरण

प्रदेशसभाबाट पारित विधेयक प्रमाणिकरणसँगै लागु हुने क्रममा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, १८ साउनः गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशसभाबाट पारित औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयकलाई प्रमाणीकरण गर्नुभएको छ ।

गत असार २५ गते प्रदेशसभा बैठकबाट पारित उक्त विधेयकलाई प्रदेश प्रमुखले सन्देशसहित पुनःविचारका लागि यही साउन ८ गते प्रदेशसभामा फिर्ता पठाउनुभएकामा प्रदेशसभाबाट गत शुक्रबार पुनःपारित भएको थियो ।

सोही दिन प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाइएको उक्त विधेयकलाई प्रदेश प्रमुखले आज प्रमाणीकरण गर्नुभएको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जानकारी दिनुभयो । प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण भएसँगै गण्डकी प्रदेशभित्र औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गरिने गाँजाखेतीले कानुनी मान्यता पाउने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया