काठमाडौंः जिल्ला प्रशाशन कार्यालय काठमाण्डौंले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको छ ।
कार्यालयमा कार्यरत चारजना कर्मचारीहरुमा कोरोना संक्रमणको पुष्टि भइसकेसँगै सेवाग्राहीको भिडभाड अत्यधिक बढेको र कार्यालयबाटै कोभिड-१९ को संक्रमण सेवाग्राहीमा समेत फैलिन सक्ने जोखिम रहेका कारण अर्को सूचना नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयबाट हाल प्रवाह भइरहेका सेवाहरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्दाको सुनुवाइ सम्बन्धी सेवा र विपद् व्यवस्थापन सम्बन्धी सेवाहरु भने यथावत रहने काठमाण्डौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सुचनामा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया