श्रावण २५, २०८३ सोमबार August 10, 2026

आदिवासी जनजातिका आवाजलाई सञ्चारमाध्यमले स्थान दिनुपर्छः मन्त्री गौतम

मातृभाषालाई घर, विद्यालय र समुदायमा बोलेर मात्रै नपुग्ने भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २५ साउनः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सीमान्तकृत समुदायका आवाजलाई मूलधारमा ल्याउन सञ्चारमाध्यम र पत्रकारले सशक्त भूमिका निर्वाह गनुपर्ने बताउनुभएको छ ।

आजदेखि काठमाडौँमा सुरु भएको ‘तेस्रो अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ को उद्घाटनसत्रमा उहाँले आमाले सिकाएका भाषामार्फत राज्यले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न तथा राज्य र जनताबीचको दुरी कम गर्न पत्रकारले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

मन्त्री गौतमले मातृभाषालाई घर, विद्यालय र समुदायमा बोलेर मात्रै नपुग्ने भएकाले पत्रकारिताका माध्यमबाट मातृभाषा बोलिनु आवश्यक हुने बताउँदै मन्त्री गौतमले लेखिएमा भाषालाई जीवन्त राख्न सकिने धारणा राख्नुभयो । राज्यका तर्फबाट मातृभाषाको संरक्षण र पत्रकारिताको विकासमा सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै उहाँले के–कस्ता काम राज्यबाट गरिनुपर्ने सोसम्बन्धी आवश्यक सुझाव दिन सरोकार भएकालाई आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले आदिवासी जनजातिका विषयमा राज्य संवेदनशील र गम्भीर हुनुपर्नेमा जोड दिँदै सबै खाले अधिकारलाई स्थापित गर्न सामूहिकता जरुरी पर्ने बताउनुभयो । नेपाल कम्युनिष्ठ पार्टी (एमाले) का सांसद क्षितिज थेबेले नेपाल लामो समयसम्म अल्पविकसित मुलुकको परिचयमा रहनुमा राज्यले आदिवासी जनजाति र सीमान्तकृत समुदायलाई उचित सम्बोधन गर्न नसक्नु प्रमुख कारण रहेको जिकिर गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालय, आमसञ्चार तथा पत्रकारिताका प्रमुख प्राडा कुन्दन अर्यालले नेपालको सांस्कृतिक विविधतालाई पत्रकारिताले उच्च महत्व दिँदै आएको भन्दै पत्रकारिता मुलुकको हरेक परिवर्तनको साक्षी रहेको उल्लेख गर्नुभयो ।

काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका प्रमख डा निर्मलमणि अधिकारीले पहिचानको विषयलाई कसरी लिने भन्नेमा पश्चिमामुलुक र नेपालको संस्कृतिमा भिन्नता रहेको बताउँदै सबै भाषा र जातीले सँगै कसरी बाँच्ने भन्ने जीवन्त पद्धतिलाई बढाउनुपर्ने जनाउनुभयो ।

‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ भन्ने नाराका साथ आजदेखि काठमाडौँमा ‘तेस्रो अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’ सुरू भएको छ । नेपाल आदवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना र नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा भएको त्रिदिवसीय सम्मेलनमा विभिन्न राजनीतिक दलका सङ्घीय सांसद, आदिवासी जनजातिसँग सम्बन्धित सरकारी गैह्रसरकारी संस्थाका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घ, सार्क जर्नालिष्ट फोरमका प्रतिनिधिलगायत सहभागी हुनुहुन्छ ।

फोनिजका महासचिव समीर बलामीका अनुसार सम्मेलनअन्तर्गत ‘आदिवासी कृषि, खाद्य सुरक्षा, परम्परागत ज्ञान सन्दर्भ र वनसँगको सम्बन्ध’, ‘सरकारी सञ्चारमाध्यममा मातृभाषा पत्रकारिता र निजी सञ्चारमाध्यमको अवस्था’, ‘मातृभाषा पत्रकारिता, जलवायु परिर्वतन, वन व्यवस्थापन, राज्यका नीति, अभ्यास र आदिवासी समुदाय’ लगायत सत्रहरूमा विषय विज्ञ र पत्रकारबीच छलफल हुनेछ ।

सम्मेलनमा स्वदेशका करिब ३०० र भारत, बङ्गलादेशलगायत मुलुकका ३५ पत्रकार तथा भर्चुअल रूपमा गरेर २७ मुलुकका पत्रकारहरू सहभागी भएका नेवाः पत्रकार दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग
२०८३ श्रावण २५, सोमबार
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
२०८३ श्रावण २५, सोमबार
संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत
२०८३ श्रावण २५, सोमबार
एसियाली आइटीएफ तेक्वान्दोमा शेखरलाई कास्य पदक
२०८३ श्रावण २५, सोमबार
सरकारका प्रवक्ता र सम्पादकबीच छलफल
२०८३ श्रावण २५, सोमबार
नेपाल स्काउट विघटन गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक
२०८३ श्रावण २५, सोमबार
आदिवासी जनजातिका आवाजलाई सञ्चारमाध्यमले स्थान दिनुपर्छः मन्त्री गौतम
२०८३ श्रावण २५, सोमबार