श्रावण २७, २०८३ बुधबार August 12, 2026

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णयहरु

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मलकुमार उप्रेती, बारालाई नियुक्ति गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ५ वटा महत्वपूर्ण निर्णय गरेको छ । मन्त्रिपरिषद्को कार्यालय सिहदरबारमा बसेको बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय गरेको छ ।

बैठकका मुख्य निर्णयहरूः

१. नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने।

२. सुनसरी-सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गनेश कुमार यादवलाई सहिद घोषणा गर्ने।

३.पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय (कन्सुलर अफिस) खोल्न सहमति दिने।

४. वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मलकुमार उप्रेती, बारालाई नियुक्ति गर्ने।

५. पूर्वमहालेखापरीक्षक श्री टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कालीगण्डकीको कटानले जोखिममा पुल
२०८३ श्रावण २७, बुधबार
आज बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ श्रावण २७, बुधबार
आज बुधबार : कस्तो रहला आज तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ श्रावण २७, बुधबार
फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ
२०८३ श्रावण २६, मंगलबार
विद्यालयमै प्रधानाध्यापकले छात्रामाथि बलात्कार गरेको आरोप
२०८३ श्रावण २६, मंगलबार
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन
२०८३ श्रावण २६, मंगलबार
एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय
२०८३ श्रावण २६, मंगलबार