भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुने गरी शिक्षा संवाद कार्यक्रम भइरहेको छः मन्त्री पोखरेल

सुझावहरु नितीगत तथा कानुनी रुपमा सम्बोधन हुने गरी कार्यक्रम गरीरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी, ५ भदौः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नितीगत तथा कानुनी रुपमा सम्बोधन हुने गरी शिक्षा संवाद कार्यक्रमबाट सुुझावहरु सङ्कलन भइरहेको बताउनुभएको छ ।

धनगढी विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा अब बन्ने नयाँ विद्यालय शिक्षा ऐन र नियमावलीका लागि ‘शिक्षा संवाद’ कार्यक्रमका माध्यमबाट सुझावहरु नितीगत तथा कानुनी रुपमा सम्बोधन हुने गरी कार्यक्रम गरीरहेको मन्त्री पोखरेलले बताउनुभयो ।

मन्त्री पोखरेलले अब बन्ने नयाँ विद्यालय शिक्षा ऐन तथा नियमावलीका लागि सातै प्रदेशमा आएका सुझावहरु सङ्कलन भइरहेको बताउनुभयो । उहाँले सात दिन अगाडि कोशी प्रदेशबाट सुरु गरीएको शिक्षा संवाद कार्यक्रम मधेस प्रदेश, बागमती प्रदेश, लुम्बनी प्रदेश र कर्णाली प्रदेशमा आयोजना भएको बताउनुभयो ।

मन्त्रालयले सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गरी प्राप्त सुझावलाई आगामी शिक्षा ऐन तथा समग्र शिक्षा सुधारसम्बन्धी नीतिमा समेट्ने उद्देश्यले ‘शिक्षा संवाद’ अभियान सञ्चालन गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट
२०८३ भाद्र ६, शनिबार
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार