असार २४, २०८२ मंगलबार July 8, 2025

अमेरिकी, इजरायली कुटनीतिज्ञ टोली बहराइन प्रस्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः इजरायलसँग बहराइनको कुटनीतिक सम्बन्धका बारेमा छलफल गर्न इजरायली–अमेरिकी कुटनीतिज्ञहरुको एक टोली आइतबार बहराइनतर्फ प्रस्थान गर्न लागेको छ ।

गत महिना इजरायल र बहराइनबीच सम्बन्ध सामान्यीकरण गर्ने विषयमा सहमति भएको थियो । आइतबारदेखि हुने इजरायली–अमेरिकी कुटनीतिज्ञहरुको संयुक्त टोलीले बहराइनी अधिकारीहरुसँग विभिन्न विषयमा सम्झौता गर्ने अपेक्षा गरिएको छ ।

अमेरिकी अर्थमन्त्री स्टिभन मन्चिन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका राष्ट्रिय सुरक्षा सल्लाहकार मायर बेन–शाबातले आ–आफ्ना मुलुकका कुटनीतिज्ञहरुको नेतृत्व गर्दै छन् । उनीहरु इजरायलको तेल अभिभस्थित बेन गुरिओन विमानस्थलबाट बहराइन प्रस्थान गर्नु हुने इजरायली अधिकारीहरुले बताएका छन् ।

इजरायलको व्यावसायिक विमान सेवा एल अलको फ्लाइट ९७३ ले साउदी अरेबियाको हवाई क्षेत्र हुँदै मनामा प्रस्थान गर्नेछ ।

नाम नबताउने शर्तमा एकजना इजरायली कुटनीतिज्ञले बहराइनसँग कुटनीतिक दौत्य सम्बन्ध स्थापनालाई यस भ्रमणले औपचारिकता दिने जानकारी दिए ।

गत महिना, सम्बन्ध सामान्यीकरण गर्ने सम्बन्धी सम्झौता भएयता इजरायल र बहराइनका पदाधिकारीबीच सहयोगका विविध विषयमा छलफल गर्न मनामामा आयोजित समारोहका लागि पहिलो पटक व्यवसायिक उडान भएको थियो ।

इजरायल र बहराइनबीच कुटनीतिक सम्बन्ध स्थापना गर्ने विषयले प्यालिस्टिनी समुदायमा आक्रोश बढाएको छ । प्यालिस्टिनी नेताहरुले इजरायलसँग सम्बन्ध जोडेका बहराइन र संयुक्त अरब इमिरेट्सका नेताहरुले प्यालिस्टिनीलाई धोका दिएको आरोप लगाएका छन् ।

प्यालिस्टिनी स्वतन्त्र राष्ट्र घोषणा नहुँदासम्म इजरायलसँग दौत्य वा अन्य सम्बन्ध स्थापना नगर्ने यसअघिको अरब राष्ट्रहरुको पूर्व अडानबाट दुई मुलुक पछि हटेको प्यालिस्टिनीहरुको भनाई छ ।

सम्झौता अनुसार दुई मुलुकले इजरायलसँग सम्बन्ध सामान्यीकरण गरेसँगै एकअर्काका मुलुकमा राजदूतावास खोल्ने र राजदूतहरु नियुक्त गर्नेछन् । इजरायली अधिकारीहरुका अनुसार अर्को महिनासम्ममा बहराइनमा इजरायलले राजदूतावास खोल्नेछ । -एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार