कार्तिक २२, २०८३ आइतबार November 8, 2026

काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराजसिंह थापा नियुक्त

काठमाडौँ विश्वविद्यालयमा विगत २२ वर्षदेखिका सहप्राध्यापक बने रजिस्ट्रार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १८ भदौः सरकारले काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रार पदमा विराजसिंह थापालाई नियुक्त गरेको छ । विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गर्नुभएको हो ।

नवनियुक्त रजिस्ट्रार थापाले आज शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । थापा काठमाडौँ विश्वविद्यालयमा विगत २२ वर्षदेखि सहप्राध्यापकका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले नर्वेबाट हाइड्रोपावर विषयमा विद्यावारिधि गर्नुभएको छ ।

शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधारका लागि टिमवर्क र सक्रियताका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिनुभयो । उहाँले काठमाडौँ विश्वविद्यालयलाई विशिष्टीकृत ढङ्गको ट्रस्टी मोडलमा स्थापित गर्ने प्रक्रिया अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री पोखरेलले नेपालको उच्च शिक्षा सुधारका लागि सबै विश्वविद्यालयबीच बलियो समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले काठमाडौँ विश्वविद्यालयलाई अन्य विश्वविद्यालयभन्दा फरक पहिचानसहित अघि बढाउनुपर्ने बताउँदै कक्षा १२ पछि विदेश जान तयारी गरिरहेका विद्यार्थीलाई नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन विश्वविद्यालयको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले विश्वविद्यालयको रूपान्तरणसँगै कामलाई परिणाममुखी बनाउन नवनियुक्त पदाधिकारीले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Foreign Minister Khanal leaves for Turkiye, leading Nepali Delegation to COP31
२०८३ कार्तिक २१, शनिबार
एनपिएलः लुम्बिनी लायन्स विरुद्ध काठमाण्डु गोर्खाज ३६ रनले बिजयी
२०८३ कार्तिक २१, शनिबार
साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित
२०८३ कार्तिक २१, शनिबार
कर्णाली सरकारको १०० दिनको उपलब्धि सार्वजनिक
२०८३ कार्तिक २१, शनिबार
‘मलाई सभापतिबाट हटाइएको छैन, मैले महाधिवेशन गराएको पनि छैन’ : देउवा
२०८३ कार्तिक २१, शनिबार
‘घृणा, प्रतिशोध र पूर्वाग्रह पुरानो वर्षसँगै त्यागौँ’ : गगन थापा
२०८३ कार्तिक २१, शनिबार
‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आयो, नयाँ राष्ट्रिय एकता आवश्यक छ’ : प्रचण्ड
२०८३ कार्तिक २१, शनिबार